१२ बैशाख २०८१, बुधबार

श्रमिक समुदाय विभागद्वारा ललितपुरमा अन्तर्कृया: विभेदको मुख्य कारण दलाल पुँजीवाद

0

३० चैत, ललितपुर /श्रमिक समुदाय बिभागद्वारा ललितपुरमा आयोजित अन्तर्कृयाका बक्ताहरुले समाजमा रहेको बिभेद, जातीय छुवाछूत र उत्पीडनको मुख्य कारण दलाल पुजीवादी संसदीय व्यवस्था भएको बताएका छन ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका स्थाई समिति सदस्य सन्तोष सीले देशको सम्पूर्ण विभेद र उत्पिडनको मुल कारण अहिलेको दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको बताएका छन्। विहबार ललितपुरकाे लगनखेलमा नेपाल कम्युनिस्ट पार्टी श्रमिक समुदाय केन्द्रिय विभागकाे आयोजनामा भएको परिवर्तित सन्दर्भमा श्रमिक समुदायको अवस्था र दायीत्वबारे अन्तर्क्रिया कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै उनले यस्तो बताएका हुन।

उनले वर्तमान दलाल पूँजीवादी संसदीय व्यवस्थाले सम्पूर्ण नागरिकलाई सामाजिक ,आर्थिक ,राजनैतिक सबै हिसाबले उत्पीडनमा परेको दाबी गरेका छन्। राज्य सञ्चालनको प्रमुख आधार अर्थतन्त्र भएकोले दलाल पूँजीवादी अर्थव्यवस्थाले नागरीकलाई विभेद र शोषण गरिराख्ने दाबी गरेका छन्। यसबाट मुक्त हुन सबै श्रमिक वर्गले यसका विरुद्ध संघर्ष गर्नुपर्ने र वैज्ञानिक समाजवद स्थापना गर्नुपर्ने उनको भनाई थियो।

त्यस्तै नेकपाका पोलिटब्युरो सदस्य तथा उपत्याका ब्युरो इन्चार्ज कृती सीले समयका हिसाबले हामी २१औं सताब्दीमा बाँची राखेपनि अवस्थाका हिसाबले २०औं सताब्दीमै बाँचिरहेको बताएका छन्। दसवर्षे जनयुद्धमा सबै हिसाबले धेरै परिवर्तन गरेपनि त्यसलाई निष्कर्षमा पुर्याउन नसक्दा समाज पुरानै अवस्थामा फर्किएको उनको भनाई थियो। दलित अधिकार कर्मी तर्फ लक्षित गर्दै दलित आन्दोलनमा लागेका युवाले पनि यसलाई टुङ्गोमा पुर्याउन सकेनन् हामीसबै यो व्यवस्थाको विरोधी हौं भने साझा मोर्चा बनाएर यो व्यवस्थाको विरूद्ध आन्दोलन गर्न जरुरी रहेको उनले बताए। अधिकार मागेर नपाइने भएकाले खोसेर लिनु पर्ने उनको भनाई थियो।

त्यस्तै अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टी पोलीटब्युरो सदस्य आस्था सीले श्रमिक वर्ग संग उत्पादन सम्बन्ध जोडिएको हुँदा श्रमिक वर्गको संघर्षले मात्रै समाजवादी सत्ता सम्भव हुने उनको भनाई थियो। सम्पूर्ण श्रमिक वर्गले एक भएर लड्ने हो भने हामीले भनेको मुक्ति सम्भव हुने कुरामा उनको जोड थियो।

त्यस्तै नेकपा केन्द्रिय सदस्य तथा श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीले राजनीति आन्दोलन र समाजवादी व्यवस्थाभन्दा बाहिर रहेर श्रमिक समुदायको मुक्ति सम्भव नहुने बताएका छन्।

त्यस्तै नेपाल दलित नागरिक समाजका अध्यक्ष मोतिलाल नेपालीले दलित समुदायको नाम मात्रै फेरेर पुग्दैन सार समेत फेर्नु पर्ने भनाई राखेका छन् । उनले भने”जवसम्म शासक वर्गले दलित बर्गमाथिको उत्पीडन कायम राख्छ तबसम्म हामीले विद्रोह गरिरहनुपर्छ राज्यका हरेक संरचनामा दलित समुदायको समान प्रतिनिधित्व कायम हुनु पर्छ ,यो मुलुकमा क्रान्ति सम्पन्न नभएपछि अहिलेकाे समस्या आएको हो “।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी की केन्द्रिय उपाध्यक्ष भृकुटी सी, मगर मुक्ति मोर्चाका अध्यक्ष सुदर्शन सीले समेत आफ्नो भनाई राखेका थिए ।अन्तर्कृयाको अध्यक्षता श्रमिक समुदाय बिभाग प्रमुख सन्ध्याले  गरेको कार्यक्रमको सञ्चालन सञ्जीव सी, स्वागत मन्तव्य हरी सी र अवधारणा पत्र वाचन डिल्ली सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।