१४ बैशाख २०८१, शुक्रबार

श्रमिक समुदाय केन्द्रिय बिभागद्वारा धनुषामा अन्तर्कृया

0

धनुषा / नेपाल कम्युनिस्ट पार्टी समर्थित श्रमिक समुदाय केन्द्रिय बिभागले परिवर्तित सन्दर्भमा श्रमिक समुदायको स्थित र दायित्व बिषयक अन्तर्कृया गरेको छ।

सामाजिक र सास्कृतिक मान्यताका आधारमा बिभेद र छुवाछूत प्रथा अझै अन्त्य हुन नसकेको,श्रमिक समुदायको राजनीतिक -आर्थिक स्थिति दिनप्रतिदिन खराब बन्दै गएको बेला उल्लेखित मुद्दाहरूलाई जनस्तरबाट उठान गर्न र जनजागरण पैदा गर्न बिभागले अन्तर्किया गरेको हो।

आइतबार धुनुषामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सल्लाहकार सदस तथा श्रमिक समुदाय बिभाग प्रमुख  सन्ध्या सीले अध्यक्षता गर्दै कार्यक्रमलाई सम्बोधन गरेकी थिइन भने कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य त्रिलोक सीले प्रमुख अतिथ्यता गर्दै मन्तव्य राखेका थिए।

त्यस्तै अन्तर्किया कार्यक्रममा तिलक सी, राम कुमारी , दिपेन्द्र सीको समेत सहभागीता रहेको थियो।सहभागीहरुको तर्फबाट गौरी यादव , शिला शर्मा,बिनोद कुमार, नरेश ठाकुरले धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन डिल्ली सीले गरेको बताईएको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।