७ बैशाख २०८१, शुक्रबार

सहमति कार्यान्वयनको माग गर्दै १ हजार बढी मिटरब्याज पीडितहरु काठमाडौमा

0

काठमाडौँ — सरकारले मिटरब्याज पीडितहरूसङ्ग गरेका सम्झौता पालना नगरेको र नयाँ सहमति पनि फितलो भएको भन्दै पीडितहरु आन्दोलित भएका छन् ।

११ दिनको पैदलयात्रापछि काठमाडौं आएका पीडितहरूसँग सरकारले गरेको सहमति पनि फितलो भएको भन्दै दबाब दिन मधेसका विभिन्न २० जिल्लाका १ हजार भन्दा बढी पीडितहरू सोमबार काठमाडौं आइपुगेका हुन् ।

सरकारले आफ्ना माग पूरा नगरेसम्म घर नफर्किने भन्दै मिटरब्याज पीडितहरूले सोमबार दिउँसो भद्रकालीमा पुगेर प्रदर्शन गरेका छन् ।

र्‍यालीको क्रममा कतिपय किसानहरूले हलो लगायत कृषि सामग्रीहरू बोकेर प्रदर्शन गरिरहेका छन् ।

यस क्रममा उनीहरूले ‘जाली तमसुक खारेज गर,’ ‘सबै सुदखोरहरूको सम्पत्ति छानबिन गर’, ‘किसानको भूमि फिर्ता गर’ लगायतका नारा लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।