१६ चैत्र २०८०, शुक्रबार

राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको छ : आचार्य

0

 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का प्रेस सल्लाहकार गोविन्द आचार्यले राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताएका छन् । नेकपा प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनापत्रिका बिमोचन कार्यक्रममा आचार्यले राजनीतिक अस्थिरता अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा आएको बताएका हुन् । 

 

‘विप्लव एक आर्दश पात्र हुुनुहुन्छ । आदर्श पात्रले एक्लै गरेर सम्भव छैन ।’, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत रहेका आचार्यले भने, ‘राजनीतिक अस्थिरताको अन्त्य गर्ने जिम्मेवारी विप्लवको काँधमा छ । यसका लागि एकतावद्ध हुनपर्यो । पहल कदमी लिन पर्यो । एकतावद्ध भएर पहलकदमी लिए जे पनि सम्भव हुन्छ ।’

 

उनले केही शक्तिहरुले प्रतिगमनका लागि संघर्ष गरिरहेको भन्दै परिवर्तनकारी शक्तिहरु कमजोर हुन नहुने बताए । ‘पत्रकार महासंघले पहिलो पटक निर्णय गरेर गणतन्त्रको पक्षमा जनआन्दोलनलाई समर्थन गर्योे । तर हामीले लडेर ल्याएको गणतन्त्रमा हामी नै खुशी छैनौं ।’, उनले भने, ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि जनताको समस्या समाधान भएन भने प्रतिगमन हुने खतरा छ । राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता र राजनीतिक अस्थिरता अन्त्यका लागि एकतावद्ध हुन जरुरी छ ।’

 

उनले नेपालमा फेरी राजा फर्किएर जनताका समस्याहरुको समाधान नहुने भन्दै वैज्ञानिक समाजवाद निमार्णमा लाग्नुपर्ने जिकिर गरे । ‘नेपालमा राजा फर्किने सम्भावना छैन ।’, उनले भने, ‘वैज्ञानिक समाजवाद निर्माण नगरिकन जनताका समस्याहरुको समाधान छैन । वैज्ञानिक समाजवादमा राजनीतिक अस्थिरता हुँदैन । राजनीतिक अस्थिरताका कारण देशमा आर्थिक संकट आयो ।’

 

उनले पत्रकारितामा तीन धार रहेको भन्दै पहिलो धारका विरुद्ध संघर्ष गर्नुपर्ने बताए । ‘नेपालमा पत्रकारिताका तीन धार छन । पहिलो हो कर्पोरेड धार, दोश्रो सानो लगानीमा संचालित मिडिया, तेश्रो जपक्षिय मिडिया ।’, ,उनले भने, ‘पहिलोले कालोधनलाई सेतो बनाएको छ, पत्रकारिताको बदनाम गरेको छ, समाचार लेखेर अथवा नलेखेर बार्गेनिङ गरिरहेको छ । हामीले यसका विरुद्ध संघर्ष गर्नुपर्छ ।’

 

कार्यक्रम नेकपा प्रकाशन तथा प्रचार प्रसार विभाग इन्चार्ज अनिल सीको अध्यक्षतामा सम्पन्न भएको थियो । उपस्थित सबैलाई पत्रिकाका व्यवस्थापक डिआर सीले स्वागत गरेका थिए भने सम्पादक प्रकाश डुम्रेले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।