१२ श्रावण २०८१, शनिबार

आर्थिक मन्दीको मुख्य कारण राजनीतिक अस्थिरता हो, यसको समाधान हामीसँग छ : विप्लव 

0

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले देशमा देखिएको आर्थिक संकटको मुख्य कारण राजनीतिक अस्थिरता भएको बताइएका छन् । नेकपा प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनापत्रिका विमोचन कार्यक्रममा बोल्दै विप्लवले यस्तो कुरा बताएका हुन् । 

 

कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासचिव बिप्लवले नेपालको परनिर्भर उत्पादन प्रणाली, प्रशासनिक पलायन, विभिन्न बाहानामा पुँजी पलायन, बेरोजगारी र राजनीतिक अस्थिरताले नेपाल आर्थिक संकटतिर जान लागेको बताए।

 

उनले भने, ‘लघुवित्त, बैंक र मिटर ब्याजीहरुले जनताबाट विभिन्न बाहानामा अकुत लुटेका छन्। देशको पुँजीलाई विभिन्न गैरकानुनी तवरले पलायन गराएका छन्। कृतिम बेरोजगारी सिर्जना गरेर देशका दक्ष जनसक्तिहरुलाई विदेश पलायन हुनुपर्ने बाद्यता बनाएको छ। हो आजको संकट यहि हो ।’

 

आर्थिक संकट समाधानको एउटामात्र विकल्प आफूसँग भएको भन्दै अवसर पाए गरेर देखाउने बताए । ‘वैज्ञानिक समाजवाद हो आर्थिक संकटको समाधान ।’, उनले भने, ‘जनयुद्ध अघि बढ्दै गर्दा जनयुद्धलाई बिचैमा छोडियो, जनयुद्धको न्युनतम लक्ष्य नौलो जनवादमा नपुग्दै पछि हटियो । त्यसैको उपज आज नेपालमा न राजनीतिक स्थिरता भयो, न आर्थिक सम्बृद्धी नै । यसले झनै देशमा दुर्दशा निम्त्यायो। यसको समाधान हामीसँग छ । वैज्ञानिक समाजवादमा छ ।’

 

शान्ति प्रक्रियाका कामहरु टुंगोमा पुर्याउन नसकेको भन्दै उनले गम्भीरमा लैजाने जिकिर गरे । समयमै सचेत नहुँदा जनयुद्धले ल्याएका उपलब्धीहरु उल्टिने खतरा रहेको बताउँदै उनले पत्रकारले यसको रक्षा गर्ने समय आएको बताए । ‘जनयुद्धमा पत्रकारहरुको भूमिका महत्वपूर्ण थियो । २०६२/६३ को जनयुद्धमा त उहाँहरु सडकमै आउनु भयो ।’, कार्यक्रमलाई संबोधन गर्दै उनले भने, ‘पत्रकारहरुले यसको रक्षाका लागि पनि संघर्ष गर्ने बेला आएको छ । कानुन देखाएर प्रेस स्वतन्त्रता खोस्ने प्रयत्न भइरहेको छ । यसलाई रोक्न पर्छ । यो रोक्न हाम्रो पार्टीले के सहयोग गर्न पर्यो ? हामी सम्पूर्ण सहयोग गर्न तयार छौँ ।’

 

विप्लवले माओवाद मान्नेहरु एकजुट भएर दलाल पुँजीवादका विरुद्धमा संघर्ष गर्नुपर्ने बताए । ‘हामी माओवाद मान्नेहरु एक जुट हुन जरुरी भइसकेको छ । हामीले २०६४ सालमा संसदीय व्यवस्थाबाट जाँदा जतिबेला पनि दुर्घटना हुनसक्छ भनेका थियौं ।’, उनले भने, ‘अहिले दुर्घटना नजिक पुगेको छ । आर्थिक संकटको मुख्य कारण यही हो । माओवादीहरु, अरु कम्युनिस्ट शक्तिहरु, राष्ट्रवादी शक्ति एक भएर संकटका विरुद्ध संघर्ष गर्न पर्ने बेला भइसक्यो । ढिला गर्यौं भने अर्को समस्या आउँछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।