६ बैशाख २०८१, बिहीबार

पत्रकार महासंघ जनपक्षीय पत्रकारको पक्षमा छ : महासचिव पुरी

0

 

काठमाडौं : नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले महासंघ जनपक्षिय पत्रकारहरुको पक्षमा रहेको बताएका छन् । नेकपा प्रकाशन तथा प्रचार प्रसार विभागले आयोजना गरेको राजनीतिक अस्थिरता, आर्थिक संकट र सञ्चारको दायित्व तथा जनपत्रिका बिमोचन कार्यक्रममा बोल्दै महासचिव पुरीले महासंघ संधै जनपक्षिय पत्रकारहरुको संस्था भएको बताएका हुन् । 

 

उनले आर्थिक संकटका कारण धेरै मिडियाहरु बन्द हुने अवस्था सृजना भएको भन्दै समानुपातिक लोककल्याण विज्ञापनको पक्षमा महासंघले वकालत गरिरहेको बताए । ‘आर्थिक संकटका कारण धेरै पत्रिकाहरु बन्द हुने अवस्था आएको छ । यस्तो अवस्थामा जनपत्रिका विमोचन भएको छ ।’, जनपत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले भने, ‘लोककल्याणकारी विज्ञापनमा राज्यको ध्यान नजाँदा संचारमाध्यम संकटमा छन् । यसले श्रमजिवि पत्रकारहरुको विजोग भएको छ ।’

 

महासंघ जनपक्षिय पत्रकारको पक्षमा खुलेर लागेको भन्दै श्रमजिवि पत्रकारका समस्याको समाधान गर्न आफूहरु लागि परेको जिकिर गरे । ‘महासंघमा ३ सय उजुरी आएका थिए । हामीले २ सय जना पत्रकारलाई पारिश्रमिक दिलाएका छौं ।’, उनले भने, ‘पारिश्रमिक नपाएर पत्रकारको विचल्ली छ । यसमा राज्यले हेर्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।