२२ भाद्र २०८१, शनिबार

वामपन्थी पत्रकारको एउटै स्वर निर्धारित मितिमा चुनाव गर्न दबाब

0

संवाददाता
काठमाडौँ । नेपाल पत्रकार महासंघको पुर्व निर्धारित चुनाव नरसमयमै गर्न ६ पत्रकार संगठनले माग गरेका छन् । शनिबार काठमाडौंमा बसेको बैठकले संगठनहरुबिच संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले महासंघको २७औँ महाधिवेशनले ताेकेकाे मितिमा नै सम्पन्न गर्न माग गरेका हुन् ।

महासंघ नेतृत्वले विभिन्न बहानामा चुनाव टार्न खोजेकोप्रति आशंका व्यक्त गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन, प्रगतिशील पत्रकार संघ नेपाल र जनपत्रकार संगठन, नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन प्रयोजनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउन महाधिवेशनले निर्देश गरेकोमा हालसम्म पनि निर्वाचन समितिलाई आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएका छन् ।

महासंघको २७ औं महाधिवेशनबाट तोकिएको मिति २०८१ जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान एशोशियटको निर्वाचन सम्पन्न गर्न तत्काल आवश्यक वातावरण बनाउन र महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न तथा उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन संगठनहरुको माग छ ।

त्यस्तै महासंघको २६औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको विधान बमोजिम तीन बर्षे कार्यअवधि २०८० चैत्रमा सकिइसकेपछि पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरण गर्नुपर्ने स्वभाविक, लोकतान्त्रिक र वैधानिक प्रक्रिया पूरा हुन नसकेको भन्दै उनेहरुले यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराएका छन् ।

‘नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनबाट तोकिएको मिति २०८१ जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान एशोशियटको निर्वाचन सम्पन्न गर्न तत्काल आवश्यक वातावरण बनाइयोस् ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाइयोस् ।’

साथै नेपाल पत्रकार महासंघको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरूलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि वढ्ने प्रण ६ संगठनको छ । संयुक्त विज्ञप्तिमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी,प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल र जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेरवहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले हस्ताक्षर गरेका छन् ।

‘नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको विधान बमोजिम तीन बर्षे कार्यअवधि २०८० चैत्रमा सकिइसकेपछि पनि नयाँ नेतृत्व चयन गरी पदभार हस्तान्तरण गर्नुपर्ने स्वभाविक, लोकतान्त्रिक र वैधानिक प्रक्रिया पूरा हुन सकेको छैन । यसलाई कुनै पनि बहानामा अवरूद्ध गर्ने कार्य नगर्न केन्द्रीय नेतृत्वलाई गम्भीर ध्यानाकर्षण गराउँदछौं ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ- ‘नेपाल पत्रकार महासंघको गौरवपूर्ण इतिहास, साझा चरित्र र गौरवलाई रक्षा गर्दै पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र पत्रकारिताका मुद्दाहरूलाई सम्बोधन गर्न सहकार्य गर्दै अघि बढ्ने प्रण गर्दछौं ।’ भनिएको छ ।


यता महासंघको केन्द्रीय उपाध्यक्ष लगायतका पदाधिकारीले भने अध्यक्ष र महासचिवले अवैधानिक बाटोबाट सदस्यले बाड्ने काम गरेको बताएका छन् भने महासंघका अध्यक्ष विपुल पोख्रेलले चुनावी मुखमा महासंघमा तालाबन्दी गरि चुनाव प्रक्रियालाई अफ्ट्यारो पार्न खोजेको बताएका छन् ।
यता पत्रकार महासंघको निर्वाचनका लागि जनपत्रकार संगठन नेपालको बैठकले पुर्व अध्यक्ष प्रकाश डुम्रेको नेतृत्वमा जाने तयारीसहित भेटघाट र छलफल अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।