३१ भाद्र २०८१, सोमबार

युवा सङ्गठन गण्डकीद्वारा सी जातिको कानुनी मान्यताका लागि १० हजार हस्ताक्षर संकलन

0

गण्डकी/ युवा सङ्गठन नेपाली गण्डकी प्रदेश समितिले सी जातिको कानुनी मान्यताको लागी दबाबस्वरुप १० हजार हस्ताक्षर सन्कलन गरेको छ ।
युवा संगठन नेपाल पाँचौ केन्द्रिय समितिको दोस्रो पूर्ण बैठकले लिएका महत्त्वपूर्ण निर्णयलाई कार्यन्वयन गर्दै युवा संगठन नेपाल गण्डकी प्रदेशले जाति विभेद अन्त्य गर्न “सी” जाति कानुनी रूपमा रुपान्तरण गर्न सबै जिल्लाले तीव्र रूपमा सरकारसंग दबाब र जनतासंग प्रचार अभियान करिब १० हजार हस्ताक्षर सङ्कलन गरि सम्पन्न गरिएको युवा सङ्गठन गण्डकी प्रदेश इन्चार्ज विवेक सीले जानकारी दिए ।
युवा सङगठनको केन्द्रीय समितिको निर्णय बमोजिम उक्त हस्ताक्षर अभियान सुरु भएको हो । नेपाल कम्युनिस्ट पार्टीले परम्परादेखि चल्दै आएका पुराना जातिहरूको अन्त्य गरी नयाँ मानव जाति निर्माण गर्न साम्यवादी जाति निर्माण गर्ने हरेकले नामको पछि सी लेख्ने निर्णय नबौ महाधिवेशन (२०७९ असोज २५- कार्तिक २) ले गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।