२१ बैशाख २०८१, शुक्रबार

नेकपा दैलेखद्वारा बृक्षाराेपण कार्यक्रम सम्पन्न

0

नेपाल कम्युनिस्ट पार्टी,दैलेखले ७५ औँ कम्युनिस्ट पार्टीको स्थापना दिवसकाे अवसरमा बृक्षाराेपन कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी, दैलेखले ७५ औँ कम्युनिस्ट पार्टीको स्थापना दिवसकाे अवसरमा दैलेख जिल्लाकाे आठविस नगरपालिका वडा नं. १ वन्डाली आधारभुत विद्यालयमा बृक्षाराेपन कार्यक्रम सम्पन्न गरेकाे छ।

बृक्षाराेपन कार्यक्रम नेकपा केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज विवेक सी, नेकपा दैलेख जिल्ला समिति सदस्य सुदर्शन सी, वडा सेक्रेटरी मीन सी, सदस्य गीता सी, सहिद स्मृति परिवारका कलाकार पवित्रा सीकाे उपस्थित रहेकाे थियाे ।
वृक्षारोपण कार्यक्रमपछि पार्टीका जिल्ला इन्चार्ज विवेक सीले  बिरुवा दिएर सहयाेग गरेकाेमा जिल्ला वन कार्यलय दैलेखलाई धन्यवाद दिए । बिरुवा राेपेर मात्र हुँदैन यसकाे सँरक्षण पनि गर्नु पर्ने उल्लेख गर्दै विद्यालय परिवारलाई सँरक्षण गर्न अनुराेध गरे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।