७ बैशाख २०८१, शुक्रबार

विप्लवद्वारा बेपत्तायोद्धा निश्चल नकर्मीका बुवा सुर्य नकर्मीको निधनप्रति श्रद्धाञ्जली

परिवारसङ्ग भेटघाट

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धको क्रममा तत्कालीन राज्यद्वारा वेपत्ता पारिएका काठमाडौ चन्दागिरीका निश्चल नकर्मीका परिवारसङ्ग भेटघाट गरेका छन।

बेपत्ता योद्दा निश्चलका बुवा सुर्य बहादुर नकर्मीको गत चैत ३० गते भएको निधनप्रति श्रद्धाञ्जली गर्न र परिवारलाई समवेदना प्रकट गर्न महासचिव विप्लवले परिवारजनलाई भेटघाट गरेका हुन।

बिहीबार नकर्मीका घरमा पुगेर नेकपा महासचिव विप्लवले सुर्य बहादुर नकर्मीको फोटोमा माल्यार्पण गर्दै श्रद्धाञ्जली गरेका थिए भने भेटघाटमा नेकपा पोलिटब्युरो सदस्य आस्था सी, केन्द्रिय सदस्य भृकुटी सी लगाएत नेकपा सम्बद्ध नेताकार्यकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।