१४ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपालद्वारा बुवा कमानसिङ भुजेलको निधनप्रति दु:ख व्यक्त

0

काठमाडौं: युवा संगठन नेपालले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा संगठनका फ्याक्सन इन्चार्ज सिलु सीका आदरणीय बुवा कमानसिङ भुजेलको निधनप्रति दु:ख व्यक्त गरेको छ । युवा संगठन नेपालका अध्यक्ष पाटन जंगली सीले शाेक वक्तव्य जारी गरि आदरणीय बुवा कमानसिङ भुजेलको असामहिक निधनले परिवारजन तथा सिंगै समाजलाई अपुरणीय क्षति पुगेको र बुवाको निधनले संगठनलाई स्तब्ध बनाएको बताएका छन् ।
अध्यक्ष पाटनले दु:खको यस घडिमा आदरणीय बुवा कमान सिङ भुजेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
वक्तव्यमा भनिएको छ,’नेपालको क्रान्तिकारी राजनीतिक आन्दोलनमा विभिन्न कोणबाट त्याग तथा अमुल्य योगदान गर्दै आउनु भएका आदरणीय बुवा कमान सिङ भुजेलको निधनले हाम्रो संगठन तथा पार्टी पङ्ति, परिवारजन, आफन्तजन, इस्टमित्र तथा सिङ्गै समाजलाई अपुरणीय क्षति हुन गएको छ । समाजको लागि बुवाले देखेका परिवर्तनकारी सपनाहरु पूरा गर्न हामी सधैँ लागि पर्ने छौं । दुखको यो घडिमा आदरणीय बुवा कमानसिङ भुजेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।