१६ चैत्र २०८०, शुक्रबार

काठमाडौंकाे खुल्लामञ्चमा भोलि हुने आमसभाकाे सम्पूर्ण तयारी पुरा

0

काठमाडौं /नेपाल कम्युनिस्ट पार्टीले काठमाडौको खुलामञ्चमा भोलि आयाेजना गरेकाे वृहत आमसभाकाे सम्पूर्ण तयारी पुरा भएकाे छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएकाे ७५औं वर्षगाँठकाे अवसरमा आयोजित आमसभाकाे सम्पूर्ण तयारी पुरा भएको नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीले जानकारी दिएका छ्न।

जनसभामा विभिन्न १० कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएकाले मन्च लगायता सम्पूर्ण तयारी पुरा भएको उनकाे भनाई छ ।

रुसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा भएको थियो।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ७५ औं दिवसलाई नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक रास्ट्रीय पर्वको रूपमा मनाउन लागेको हो भने नेपालका सबै कम्युनिस्ट पार्टीका मुख्य नेताहरूलाई एउटै मञ्चमा ल्याएर कम्युनिस्ट आन्दोलनका बिषयमा बहस र समिक्षा गर्न कार्यक्रम आयोजना गरिएको बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।