१३ बैशाख २०८१, बिहीबार

कमानसिंह भुजेलको निधनमा बैशाख १५गते शोकसभा हुँदै

महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सहितका नेताहरूको सहभागिता रहने

0

चितवन / नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जवस इन्चार्ज शिलु सीका बाबा तथा नेकपाका सहयोगी कमान सिंह भुजेलको निधनमा बैशाख १५ गते शोकसभा हुने भएको छ।

बिहीवार बेलुका भुजेलको चितवनस्थित निवासमा ९०बर्षको उमेरमा निधन भएको थियो।

नेकपा सम्बद्ध नेताहरू अनिल सी, सन्देश सी, एटम सी, प्रज्वलन सी लगाएत नेताकार्यकर्ता र स्थानीय समाजसेवी तथा राजनीतिज्ञहरुको सहभागितामा शुक्रवार भरतपुर वडा न२४ चितवनमा भुजेलको अन्त्यस्टी गरिएको छ भने बैशाख १५ गते नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी सहितका नेताहरूको सहभागितामा उनको शोकसभा आयोजना गर्ने बताईएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।