१५ चैत्र २०८०, बिहीबार

लेनिन: जीवनी र व्यक्तित्व एक छोटो चर्चा

0

स्टेशनमा एउटा रेलगाडी आएर रोकियो । त्यसबाट १६ अप्रेल १९१७ को बिहान पेट्रोग्राडको फिन्ल्यान्ड जीर्ण शीर्ण लुगा लगाएका एक जना पुड्का मानिस ओर्ले । स्टेशनमा श्रमिकहरूको अपार भीड थियो । उनीहरूले नारा लाउन थाले- ‘हाम्रा नेता जिन्दाबाद ! हाम्रा नेता जिन्दाबाद ।’ अनि उनीहरूले आफ्ना नेतालाई काँधमा बोके र ‘जिन्दाबाद ! जिन्दाबाद ।’ भन्दै उनीहरू अघि बढे । यी व्यक्ति थिए ती मजदुरहरूका प्यारा नेता लेनिन् ।

रूसको क्रान्तिपछि लेनिनले साम्यवादी राज्यको मार्क्सवादी कल्पनालाई साकार बनाए ।बाल्यकालदेखि नै लेनिन गम्भीर र विचारशील थिए । खेलमा उनको रूचि थिएन र उनी अरू बच्चाहरूसँग कमै खेल्ने गर्थे । वयस्क जीवनमा उनको संगीत, कविता या धर्ममा रूचि थिएन । सायद कम रूचिको कारणले लेनिन महान बने, किनकि उनको उर्जाको अपव्यय भएन र उनी आफ्नो लक्ष्यलाई एकाग्र भएर पछ्याइरहे ।
१८८७ मा लेनिनको दाइलाई सम्राटको हत्याको षडयन्त्र गरेको आरोपमा मृत्युदण्ड दिइयो । त्यसै वर्ष लेनिनलाई एक छात्र आन्दोलनमा सामेल भएको कारण विश्वविद्यालयबाट निकालियो । लेनिनले घरमा वकालतको अध्ययन गरेर कार्ल मार्क्सको दास क्यापिटलको पनि अध्ययन गरे र जसबाट उनी धेरै प्रभावित भए ।

क्रान्ति पछि १९१७ मा लेनिन रूसका शासक बने । शासक बनेपछि पनि उनले सादा जीवन उच्च विचारको सिद्धान्तको अनुकरणीय उदाहरण पेश गरे । त्यो बेला जनताले चिनी पाउँदैनथे, यसैले लेनिनले पनि बिना चिनीको चिया पिउने संकल्प गरे । उनले सेक्रेटरी राख्ने विलासितामा परहेज गरे । उनी आफ्नो चिठ्ठी आफै लेख्ये र हरेक दिन १८ देखि २० घण्टासम्म काम गर्थे ।

जब लेनिनलाई प्यारालाइसिस भयो र उनको दायाँ हात चलेन, तब उनले बायाँ हातले लेख्न सिके । दुई वर्षसम्म उनी मृत्युसँग संघर्ष गरिरहे र बारम्बार भनिरहे, ‘अझै मेरो धेरै काम बाँकी छ ।”

रूसमा क्रान्तिको आगो बलिसकेको थियो । दश वर्षको निर्वासनपछि उनी यही क्रान्तिको आगो दन्काउन रूस आएका थिए । उनले घोषणा गरे- ‘साथीहरू हो । विश्व समाजवादी क्रान्तिको सूर्य उदाइसकेको छ । विश्व समाजवादी क्रान्ति जिन्दाबाद ।’ अनि ‘जिन्दाबाद’ को तुमुल ध्वनि सर्वत्र गुञ्जियो ।

उनले रूसलाई वचन दिएका थिए हामी सबै थोक भत्काएर त्यसमाथि हाम्रो मन्दिर बनाउनेछौं । केही महिनामै उनी रूसका नयाँ शासक बने । उनले सबै थोक भत्काउँदै धमाधम बनाउन थाले । केही वर्षमै उनले रूसको अनुहार मोटोघाटो रातोपिरो बनाइदिए । आज हामी कम्युनिज्मभन्दा जे बुझ्छौ त्यो मोटामोटी लेनिनकै सृजना हो ।

उन्नाइसौ शताब्दीको अन्त्यतिर रूस एउटा विशाल देश थियो । यो झन्डै ६००० माइलसम्म फैलिएको थियो । यो विशाल भूमिमा एउटै व्यक्तिको रामराज्य थियो । ती थिए जार, रूसी सम्राट । सबैतिर उनको ढलीमली थियो । उनले नियुक्त गरेका हाकिमहरू सबै धनी घरानाका थिए, गरीबहरू कसरी बस्छन् उनीहरूलाई थाहै थिएन । अधिकांश मानिस किसान थिए- अनपढ, गरीब, हरिकङ्गाल । दिनभरि तर पेटभरि खान पाउँदैनथे । केटाकेटी भोका नाङ्गा थिए । उनीहरूले स्कुल खट्थे देख्न पाउँदैन थिए ।

१८८१ मा मात्र ९ प्रतिशत केटाकेटी स्कुल जान्थे । उनीहरूका आमाबाबु खेतमा गोरूजस्तै जोतिन्थे तैपनि कष्टमा जीवन गुजार्थे । उनीहरूका काँधमा भारी करहरू लादिएका हुन्थे । कति मानिस शहरमा आएर कलकारखानामा काम गर्न थाले । त्यहाँ पनि त्यतिकै शोषण थियो, भीडभाड भएको फोहोर बस्तीमा बस्थे, पेट नभरिने ज्यालामा घण्टौ मरून्जेल खट्थे । १९०५ मा रोटी माग्न गएका श्रमिकहरूको जुलुसमाथि जारका सिपाहीहरूले गोली हानेर सयौलाई मारे । फलस्वरूप १९१७ मा जनताले जारको जरा उखेले ।

लेनिनको जन्म १० अप्रिल १८७० मा भोल्गा नदीको छेउको नगर सिम्बर्कस्‌मा भएको थियो । उनको खास नाम थियो भ्लादिमिर उल्यानोभ । उनका बाबु स्कुलका इन्स्पेक्टर थिए । उनका दुई छोरा अलेक्जेन्डर र भ्लादिमिर कुशाग्रबुद्धिका थिए । सेन्ट पिटर्सबर्गको विश्वविद्यालयमा पढ्दा अलेक्जेन्डर क्रान्तिकारी साथीहरूसित लागे । उनीहरूले जारलाई मार्ने षड्यन्त्र गरे । तर पुलिसले उनीहरूलाई समाते । अलेक्जेन्डरले सबै जिम्मेवारी आफ्नो टाउकोमा लिए । उनलाई झुन्ड्याइयो । त्यस दिनदेखि लेनिनले जारशाहीलाई खतम गर्ने प्रण गरे ।

१८८७ मा उनी कजान विश्वविद्यालय कानून पढ्न गए । त्यहाँ उनले कार्ल मार्क्स पढे । कसरी पूँजीपतिहरूले श्रमिकहरूलाई शोषण गर्छन् त्यो कुरा मार्क्सले आफ्ना अनेक पुस्तक मार्फत बताएका छन् । लेनिनलाई मार्क्सका विचारहरू खूबै मन पन्यो । उनले ‘कम्यूनिस्ट मेनुफेस्टो’ र ‘दास क्यापिटल’ पढे अनि साह्रै प्रभावित भए । १८९५ मा स्वीट्जरल्यान्डमा उनले मार्क्सवादी विचारकहरूलाई भेटे र उनीहरूका कुरा बुझे । अब उनले रूसमा मार्क्सका विचारहरू फैलाउने विचार गरे ।

सेन्ट पिटर्सबर्गमा उनले वकिल भएर काम गरे । त्यहाँ उनले कलकारखानाका श्रमिकहरूको जीवन अध्ययन गरे । कसरी उनीहरूको जीवन सुधार्न सकिन्छ भनेर लेनिन र उनका साथीहरूले पर्चा लेखे, पुस्तिका लेखे अनि उनीहरूले ती श्रमिकहरूलाई यी पर्चा र पुस्तिकाहरू बाँडे । चाँडै पुलिसहरूले भ्लादिमिरलाई समाते । उनलाई साइबेरिया पठाइयो । साइबेरियामा कैदीहरू खुलासित घुम्न पाउँथे । भ्लादिमिर स्केट खेल्थे, शिकार खेल्थे, पढ्थे, लेख्थे । त्यहाँ एउटी महिला क्रान्तिकारी क्रुप्स्काया पनि आइन्, उनले भ्लादिमिरलाई भेटिन्, पछि उनैसित बिहे पनि गरिन् । भ्लादिमिर र क्रुप्स्काया सँगै बसेर किताबहरू पढ्थे, जंगलतिर घुम्थे ।

साइबेरियामा हुँदा भ्लादिमिरले एउटा साप्ताहिक पत्रिका निकाल्ने विचार गरे । साइबेरियाबाट छुटेपछि उनी जर्मनी गए र त्यहाँबाट १ डिसेम्बर १९०० मा इस्क्रा अर्थात् ‘झिल्का’ भन्ने पत्रिका निकाले । यही दिनदेखि उनले लेनिनको नाम ग्रहण गरे । उनले कविता पढ्न, संगीत सुन्न, स्केट खेल्न सब छोडे । अब उनी क्रान्तिको विषयमा सोच्न थाले ।

‘इस्का’ अर्थात् ‘झिल्का ले रूसमा आगो लाउन थाल्यो । ठूला ठूला हड्तालहरू हुन थाले । किसानहरूले मोर्चा खडा गरे । छात्रहरू विद्रोही हुन थाले ।१९१७ मा जारको विरुद्ध हड्तालहरू भए, प्रदर्शनहरू भए । सिपाहीहरूले पनि यिनलाई सघाउन थाले । मार्चमा जारले गद्दी त्यागे र अन्तरिम सरकार बन्यो । गो सरकारले केही सुधार ल्याउन सकेन । मानिसहरूले रीसले आँखा देख्न छोडे ।

लेनिन १६ अप्रिल १९१७ मा रूस आए । उनको नेतृत्वमा बोल्सेभिक पार्टीले श्रमिकहरूको सेना संगठित गर्यो र हातहतियारहरू जोगाड गयो । नयाँ बोल्सेभिक दैनिक अखबार ‘प्राब्दा’ ले लेनिनका विचारहरू फैलाउन थाल्यो । सैनिकहरू सबै बोल्सेभिकपट्टि लागे । ७ नोभेम्बर १९१७ मा बोल्सेभिकहरूले हुलाक घर, ब्यांक, टेलिग्राफ र रेल स्टेशनहरू कब्जा गरे । साँझमा उनीहरूले सेन्ट पिटर्सबर्गको विन्टर प्यालेस घेरे । अन्तमा उनीहरूले त्यो पनि कब्जा गरे । त्यसपछि लेनिनले सरकार गठन गरे ।

लेनिन विश्वको प्रथम सोभियत सरकारका अध्यक्ष भए । रूसका शासक भएर पनि उनी साधारण घरमा बस्थे – साधारण खाना खान्थे । तिनको सरलता देखेर अरू दंग पर्थे । ती दिनमा बीस घण्टा खट्थे ।
उनको अगाडि धेरै समस्याहरू थिए । त्यति समस्या इतिहासमा कुनै नेता, शासक वा तानाशाहले सामना गर्नु परेको थिएन । विशाल भूमिमा उनले आफ्नो शक्ति फिँजाउनु परेको थियो । नयाँ कानून, नयाँ प्रशासनको व्यवस्था गर्नुपरेको थियो, निरक्षरता र अनिकाल हटाउनुपरेको थियो, लडाईं थाम्नुपरेको थियो अनि मार्क्सवादलाई कार्यरूपमा परिणत गर्नुपरेको थियो । विस्तारै उनले यी समस्याहरू समाधान गर्दै गए । नयाँ आर्थिक नीति संचालन गरेर उनले रूसलाई मजबूत पारे । खेतीपातीमा उन्नति भयो, उद्योग-धन्धा बढ्यो । यसरी काम गर्दा गर्दै २१ जनवरी १९२४ मा लेनिनको मृत्यु भयो ।

यस्ता विकट समस्याहरू समाधान गर्ने यी असाधारण व्यक्ति कस्ता थिए त ? तालु खुइले, पुड्का, साना साना आँखा, ठूला ठूला कान, बलिया पाखुरा, दरिलो छेपारी, चौडा छाती, साँढेको जस्तो काँध- लेनिन खूबै खाइलाग्दा थिए र उनी साहे पुड्का थिए । कतिसम्म पुड्का भने मेचमा बस्दा खुट्टाले भुइँ नछुने । ती मैलो कोट लगाउँथे, ठूलो ह्वार्लाङ पतलुन जहिले पनि लामो भएर भुइँमा घिसार्दै हिँड्थे ।

अथक परिश्रम गरेर उनले देशलाई सपारे, नयाँ आर्थिक नीति संचालन गरेर खेतीपातीमा उन्नति गरे, उद्योग-धन्दामा प्रगति गरे, निरक्षरता हटाउने प्रयत्न गरे । यस्ता चमत्कार गर्ने व्यक्ति इतिहासमा थोरै छन ।लेनिनजस्तो
पश्चिमका पत्रपत्रिकाहरू लेनिनको अर्को चित्र प्रस्तुत गर्थे । उनीहरू भन्थे क्रूर दुनियाँमा अरू छैन । मानव जातिका निम्ति ऊ अभिशाप हो । ऊ निर्मम राक्षस हो । पूँजीपतिहरूको रक्तको पिपासु ! तर यो कस्तो जाल थियो ।

कत्रोअफवाह र मनगढन्त कुरा थियो । जसले उनलाई नजिकबाट देखे, चाहे ऊ देशी होस् वा परदेशी, ती उनको सहृदयता, कठोर जीवन र मजदुरप्रति असीम ममता देखेर मन्त्रमुग्ध हुन्थे ।एल्बर्ट रीस विलियम्स एकजना अमेरिकी पत्रकार हुन् जो १९१७ मा रूस गएका थिए । क्रान्तिको आँधी चलेको थियो । जनताको तुमुल त्रान्ति र सोभियत सत्ताको विजय उनले आँखाले देखेका थिए । उनी लेनिनको धेरै नजिक भएका थिए । घनिष्ठरूपले लेनिनलाई चिनेका थिए । उनले लेखेको एउटा पुस्तकमा उनले लेखेका छन्-
लेनिनलाई भेट्न उनको स्वागत कक्षमा मानिसको भीड लाग्थ्यो ।

सधै यहाँ विभिन्न प्रकारका विशिष्ट व्यक्तिहरू आउँथे ठूलाठूला अधिकारीहरू, पुराना पूँजीपतिहरू, संवाददाताहरू ! उनलाई भेट्न समाजवादका कट्टर शत्रुहरू पनि आउँथे । यो दैनिक कार्यक्रम थियो, सरकारको कर्तव्य । यस्तो भेटघाटमा उनी सबैलाई थोरै समय दिन्थे । पार्टीका सहयोगीहरू, मजदुर र किसानहरूलाई भेट्न उनी बढी रुचाउँथे । उनको स्वागत कक्षमा मानिसहरूको भीड लागेको थियो । यो असामान्य कुरो थियो । भित्र पसेको एउटा मानिस अझ निस्केको छैन । मानिसहरू अधीर हुन लागे । कसैले भने शायद भित्र पस्ने मानिस कोही विशिष्ट व्यक्ति होलान् । आधा घण्टा बित्यो । एक घण्टा बित्यो डेढ घण्टा पनि बित्यो । मानिसहरू प्रतीक्षा गरिरहेका थिए । भित्रबाट कुरा गरिरहेको आवाज आयो । को होला यो महत्वपूर्ण व्यक्ति जसलाई लेनिनले यति लामो समय दिइरहेछन् । अन्तमा ढोका खोलियो । स्वागत कक्षमा प्रतीक्षा गरिरहेका मानिसहरूलाई यो देखेर आश्चर्य भयो कि त्यो मानिस न त कुनै अधिकारी थियो, न कुनै वरिष्ठ व्यक्ति न त कुनै पूँजीपति । ऊ त भेडाको छाला लाएको एक साधारण किसान थियो ।

उही गरीब किसान जो त्यस बेला सोभियत रूसमा लाखौको संख्यामा देखिन्थे, गरीब किसानको प्रतिरूप 1
त्यति मात्र होइन, उनी आफ्नो देशका लाखौ किसानहरूसित सहर्ष भेट गर्थे होलान् । अझ सम्भव भए विश्वका समस्त मजदुर र किसानहरूलाई आफ्नो घरमा आमन्त्रित गर्थे होलान् । उनका निमित्त साइबेरियाको किसान, दोनको कज्जाक, मास्कोको मजदुर वा भोल्गाको माझीले के सोच्छ त्यो कुनै रहस्य थिएन । लेनिन यिनै सर्वहारावर्गलाई क्रान्तिको संचालक शक्ति मान्थे ।

युग युगसम्म यिनीहरूले अत्याचार र आतंक सहेर बसे, रूसको विशाल भूमिको वारपार, रूसी मैदानहरूमा, यूक्रेनका चट्टानहरूमा र साइबेरियाका ठूलाठूला नदीका किनार किनारमा गरीबीको असहनीय पीडा सहेर जीवन बिताएर बसेका थिए । आज तिनै जनताले शताब्दी शताब्दीको दासत्व र दमनको जञ्जीर तोडे, तानाशाहीलाई तहसनहस गरे, इतिहासको मोड मोडे ।अनि यस महान् क्रान्तिका आधारस्तम्भ थिए लेनिन ।
(बिश्व हल्लाउने व्यक्तित्व )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।