१४ बैशाख २०८१, शुक्रबार

दिउँसो १२ बजे सुन्धाराबाट जुलुस सहित खुलामञ्चमा आमसभा हुने

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको ७५ औं बर्षको अवसरमा आज काठमाडौ सहित देशभर पर्वको रुपमा स्थापना दिवस मनाइदै छ।नेपाल कम्युनिस्ट पार्टीले काठमाडौको खुलामञ्चमा जनसभा सहित झाकी प्रदर्शन , जुलुस लगाएत विभिन्न क्रियाकलाप गरि पर्व मनाउन लागेको हो।

काठमाडौको खुलामञ्चमा हुने कार्यक्रम दिउँसो १२ बजे सुन्धाराबाट जुलुस सुरु गरि खुलामञ्चमा सभामा परिणत हुने बताईएको छ।

नेपाल कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा महासचिव विप्लव ,पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल , बाबुराम भट्टराई , नेकपा उपाध्यक्ष कृष्ण बहादुर महरा,बैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, माओवादी कम्युनिस्ट पार्टीका महासचिव शुसिल लगाएतका बक्ताहरुले सम्बोधन गर्नेछन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।