२३ बैशाख २०८१, आईतवार

समाजवादी मोर्चा बनाउने विषयमा सकारात्मक वातावरण बन्दैछ : विप्लव

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ‘विप्लव सीले समाजवादी मोर्चा बनाउने विषयमा  सकारात्मक वातावरण बन्दै गएको बताएका छन् । एक सञ्चारमाध्यम सङ्ग विशेष कुराकानी गर्दै विप्लवले विचार/मुद्दा मिल्ने पार्टीहरूसँग मोर्चा बनाउने विषयमा छलफल चलिरहेको बताए । 

माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी लगायत शक्तिसँग समाजवादी मोर्चा बनाउने विषयमा छलफल चलिरहेको विप्लवले बताए।

विचार मिल्ने पार्टीहरुबीच मोर्चा बनाउने छलफल चलेको छ । मोर्चा बनाउने कुरा राम्रो हो । प्रचण्ड कमरेड एक ठाउँमा हुनुहुन्छ । बाबुरामजी एक ठाउँमा हुनुहुन्छ कुनै समय कम्युनिस्ट विचार नै छोडे भन्नुभयो । माधव जी उपेन्द्रजीहरु अर्को ठाउँमा हुनुहुन्छ’ विप्लवले भने, ‘सबै पार्टीसँग छलफल चलिरहेको छ । मोर्चाको महत्त्व के हो ? त्यसले देशलाई कहाँसम्म पुर्‍याउँछ भन्ने विषयमा छलफल चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।