१३ बैशाख २०८१, बिहीबार

युक्रेनले राष्ट्रपति पुटिनको हत्या गर्ने प्रयास गर्यो : क्रेमलिन

आवश्यक ठानेको बखत जवाफी कारबाही गर्ने चेतावनी

0

रुसले युक्रेनमाथि राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने प्रयास गरेको आरोप लगाउदै गए राती मस्कोस्थित क्रेमलिनलाई लक्षित गरिएका दुई वटा ड्रोन आफूले खसालिदिएको जनाएको छ।  सरकारी समाचार संस्थासँग बोल्दै राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यसबेला क्रेमलिनमा नरहेको बताएका छन्।

क्रेमलिनका अनुसार ती ड्रोनका केही टुक्रा राष्ट्रपति कार्यालय परिसरमा खसे तापनि कसैलाई चोटपटक नलाग्नुका साथै भवनहरूमा समेत कुनै क्षति भएको छैन।

“गत रात किएभको सत्ताले मानवरहित विमानमार्फत रुसी सङ्घका राष्ट्रपतिको निवास क्रेमलिनमा हमलाको प्रयास गरेको छ।”क्रेमलिनले भनेको छ।

त्यसलाई “योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास” बताउँदै रुसले “आफूले आवश्यक ठानेको बखत जहाँ पनि जवाफी उपाय चाल्ने अधिकार सुरक्षित रहेको” बताएको बीबीसीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।