१३ बैशाख २०८१, बिहीबार

पूर्वमन्त्री रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा अनुसन्धान हुने

0

काठमाडौँ– तत्कालीन ऊर्जामन्त्री एवम् एमाले नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बुधबार काठमाडौँ प्रहरीले नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका बाबु छोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार गत जिल्ला अदालत काठमाडौँबाट सो पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिएपछि काठमाडौँ प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको हो ।

बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।