१३ बैशाख २०८१, बिहीबार

अखिल(क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा भएका तमाम बेथिति विरूद्ध सङ्घर्ष गर्ने 

0

 

काठमाण्डौ।नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयमा भएका तमाम बेथिति विरूद्ध सङ्घर्ष गर्ने भयको छ। त्रि वि ब्यूरोको बुधबार बसेको प्रथम बैठकले सो निर्णय गरेको हो।

बैठकले ३ महिने क्याम्पस केन्द्रीय अभियान संचालन गर्ने,अभियान अबधिमा बैठक ,भेला ,सम्मेलन ,अन्तक्रिर्या गर्ने,त्रि वि मा देखिएको बिकृती ,विसंगति ,परिक्षा ,नतिजा प्रकाशन मा देखिएको लापरबाही ,खस्कदो शैक्षिक गुणस्तर ,आंगिक क्याम्पसहरुमा प्राइभेट कार्यक्रमका नाममा विद्यार्थी बाट लिएको चर्को शुल्क ,छात्रवृत्ति ,क्याम्पस हरुमा भैरहेको भ्रष्टाचार लगायतका विषयमा केन्द्रीत रहेर संघर्ष गर्ने लगायतका निर्णय गरेको छ।

 

बैठकमा संगठनका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी ले त्रिभुवन विश्वविद्यालयका क्याम्पस हरुमा संगठन विस्तार लाई तिब्रता दिएर सयौं विद्यार्थी हरुलाइ वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको आन्दोलनमा जोड्न निर्देशन दिए साथै अध्यक्ष प्रकाश सी ले क्याम्पस कलेज विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले नयाँ नयाँ कुराको खोज अध्ययन ,अनुसन्धान गरेर समाजवादी शिक्षा को खाका बनाउन पनि तयार हुनुपर्ने सुझाव दिए। अर्को एक प्रसंगमा दलाल संसदीय व्यवस्था र यसको शिक्षा प्रणालीको कारण युवाहरुमा वितृष्णा छाएको र विदेशिने क्रम चलेको भन्दै युवा पलायन रोक्न राज्यका विरुद्ध संघर्ष छेड्नु पर्ने बताए ।

 

संगठनका सचिव तथा मध्यकमाण्डका इन्चार्ज प्रकाश सी ले विद्यार्थी हरु नै यो समाजको सचेत तप्का भएकाले वैज्ञानिक समाजवाद प्राप्त गर्न अग्र पंक्तिमा अग्रसर भएर लाग्नु पर्ने बताए साथै सचिव प्रकाश सी ले त्रिभुवन विश्वविद्यालय को संगठन आन्दोलन लाई नयाँ उचाइमा पुर्‍याउनको निम्ति त्रि वि ब्यूरो महत्वपूर्ण भुमिका खेल्न सुझाव दिए।साथै अहिलेका दलाल संसदीय व्यवस्थाका मतियार हरु बाट शैक्षिक क्षेत्रको रुपान्तरण सम्भव नभएकाले वैज्ञानिक समाजवाद प्राप्तिको आन्दोलनमा हजारौं लाखौ विद्यार्थीहरु लाई सहभागी गराएर निर्णायक आन्दोलन छेडनु पर्ने बताए।

 

संगठनका सचिवालय सदस्य तथा त्रि वि ब्यूरो इन्चार्ज अनिल सी ले त्रिभुवन विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय र क्याम्पस हरुमा बिकृती,विसंगति ,बेथितिको चाङ रहेको,परिक्षा ,पठनपाठन ,नतिजा प्रकाशन मा ठुलो लापरबाही रहेकोले यसका विरुद्ध निर्णायक आन्दोलन गर्नु पर्ने आवस्यकता रहेको बताए ।साथै त्रि वि अन्तर्गतका क्याम्पसहरुको संगठन लाई सुदृढ र व्यवस्थित गराउन लागिपरेको बताए । 

बैठकमा केन्द्रीय सदस्य र जिल्ला इन्चार्ज ,संयोजक हरुले सुझाव सल्लाह सहितको रिपोर्ट राखेका थिए।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) त्रि वि ब्यूरोको प्रथम पूर्ण बैठक संगठनका केन्द्रीय सचिवालय सदस्य तथा त्रि.वि व्यूरो इन्चार्ज अनिल सी को अध्यक्षता ,संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सी को प्रमुख आतिथ्यता,संगठनका केन्द्रीय सचीव तथा मध्यकमाण्डका इन्चार्ज प्रकाश सी को आतिथ्यता र त्रि वि व्यूरो अन्तर्गत क्याम्पस जिल्ला ,T.U जिल्ला ,Engineering जिल्लाका इन्चार्ज ,अध्यक्ष ,संयोजकहरुको उपस्थितिमा हत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।