७ बैशाख २०८१, शुक्रबार

सामज बदल्न जेलको मोर्चा सहज रुपमा पचाउनु पर्छ : श्याम सी

1

काठमाडौँ: अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय अध्यक्ष श्याम सीले समाज बदल्नको लागि हरेक चुनौती सँगसँगै जेलको मोर्चा सहज रुपमा पचाउनु पर्ने बताएका छन् ।
२५ दिनको हिरासत बसाइ पछि बुधबार काठमाडौँ जिल्ला अदालतबाट रिहाइ भएर आएका अखिल नेपाल क्रान्तिकारी यातायात मजदुरसंघको केन्द्रीय अध्यक्ष तथा महासंघ का केन्द्रीय  सदस्य लालबहादुर तामाङ, केन्द्रीय सदस्य असिम महर्जन, दिनेश नेपाल,  सुनिल थिङलाई खुल्ला संसारमा  स्वागत गर्दै अध्यक्ष श्यमले यस्तो बताएका हुन् ।
परिवर्तन र क्रान्ति दलाल व्यवस्थालाई निस्तेज पार्ने एउटा अस्त्र भएकोले दलालका मतियारहरुले पुर्वाग्रह र प्रतिसोध साध्नु नयाँ कुरो नभएको बरु त्यसको सामना गर्नका लागि आफू र आफ्नो कार्यकर्ता तयार रहेको उनको भनाइ थियो ।
यसअघि चैत्र २६ गते संगठन निर्माण सम्बन्धि अभियानको सिलसिलामा खटिएका कार्यकर्तालाई प्रचण्ड सरकारको गृहप्रशासनले पुर्वाग्रह साधेर विना कारण काठमाडौँको सितापाइलाबाट गिरफ्तार गरि  स्वयम्भूस्थित भगवानपाउ वृतले मुद्दा चलाएकोले विना कारण गरेको गिरफ्तारप्रति अध्यक्ष श्यामले आक्रोश व्यक्त गर्नुका साथै जिल्ला अदालत काठमाडाैँले विनासर्त ससम्मान रिहाई गरेकोले जिल्ला न्यायाधीश सरकारी वकिल तथा निजि वकिललाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

1 प्रतिक्रिया “सामज बदल्न जेलको मोर्चा सहज रुपमा पचाउनु पर्छ : श्याम सी

  1. नेपालका नेताहरू कम्यूनिष्ट नामका मात्र छन् । कार्यकर्ता त्याग गर्छन् तर के गर्नु धोका पाइरहन्छन ।।

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।