८ बैशाख २०८१, शनिबार

श्रमिक समुदाय मोर्चा दार्चुला सम्मेलन सम्पन्न, अध्यक्षमा प्राञ्जल सी

0

दार्चुला: नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन श्रमिक समुदाय मोर्चा नेपाल दार्चुला जिल्ला समितिको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । जिल्लाकाे गोकुलेश्वरमा शुक्रबार भएको सम्मलेनले प्राञ्जल सीलाई अध्यक्षमा चयन गरेको हो ।

सम्मेलनका प्रमुख अतिथिका तथा जिल्ला सचिव लोकेश सीले आम श्रमिक समुदायको वर्गीय मुक्तिको लागि सबैले क्रान्तिको बाटोमा आवद्ध हुनुपर्ने बताए । अहिलेकै दलाल संसदीय व्यवस्थामा कुनै पनि वर्गले समानताको अनुभूति गर्न नपाउने सचिव लोकेशले भने । सम्बोधनका क्रममा उनले भने,“ सबै श्रमिक समुदायले वैज्ञानिक समाजवाद स्थापना भए मात्र वास्तविक समानताको आभास गर्न पाउने छन् त्यसैले समाजवाद स्थापना गर्न सबैले क्रान्तिकारी आन्दोलनमा आवद्ध हुनुपर्ने आवश्यकता छ ।”

सम्मेलनले अध्यक्षमा प्राञ्जल सी, उपाध्यक्षमा रमेश सी र मानमति सी, सचिवमा विरा सी, सह सचिवमा टीकाराम सी,कोषाध्यक्षमा विस्ना सी, सदस्यहरुमा चन्द्र सी ,जसी राम सी, हारीस सी,रमेश सी, महेश सी र ५ सदस्यहरू थप्ने गरि १५ सदस्यीय जिल्ला समिति गठन भएको श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य लोकेन्द्र सी ले बताए ।

प्राञ्जल सीको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रमुख अथिति जिल्ला सचिव लोकेश सी, विशेष अथिति संगठनका केन्द्रीय सदस्य लोकेन्द्र सी लगायत अन्य नेता कार्यकर्ताको सहभागिता रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।