७ बैशाख २०८१, शुक्रबार

एमाले दाङका जिल्ला सदस्य जगत नेकपामा समाहित

0

घोराही । नेकपा एमालेका जिल्ला सदस्य जगत दर्लामी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । युवा संगठन नेपाल पूर्वी दाङको आयोजनामा सोमबार घोराहीको उद्योग वाणिज्य संघको सभाहलमा भएको प्रथम जिल्ला भेलामा दर्लामी नेकपामा समाहित भएका हुन् ।

पार्टी प्रवेश गर्दै नेकपा एमाले जिल्ला सदस्य जगत दर्लामीले आफू हिजो प्रतिबन्धको बेलामा पनि यो घरमा फर्किन चाहेको बताए । उनले त्यतिबेला अनुकूलता मिल्न नसकेको भन्दै अहिले आफ्नो घरमा प्रवेश गर्न पाउँदा धेरै खुशी भएको कुरामा जोड दिए । युवाका मुद्दा, दलितका मुद्दा उठाउन धेरै संघर्ष गर्न खोज्दा पार्टीभित्र विभेद भएको भन्दै उनले एमालेले जनतालाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्दै गर्दा आफ्नो मनले नमानेको र यो घरको खोजीमा रहेको समेत बताए ।

जिल्ला कमिटी सदस्य जगतले पार्टीले के दिन्छ भन्दापनि हामीले पार्टीलाई के दिन्छौ भन्ने कुरा मुख्य रहने भन्दै अप्ठ्यारोमा पार्टीले पनि साथदिनु पर्ने तर, माओवादी केन्द्रमा हुँदा त्यो साथ नपाउँदा आफूले धेरै पीडा भोग्नुपरेको र एमाले पार्टीभित्र जातीय विभेद धेरै भएको र जनयुद्धलाई अपमान गर्ने गरेको कुरामा जोड दिए ।

नेपाल कम्युनिस्ट पार्टीका पिबिएम शीतल सीले उक्त कार्यक्रममा टीका लगाएर उनलाई स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।