७ बैशाख २०८१, शुक्रबार

विद्यार्थी नेता डिबी सी को गिरफ्तारी विरुद्ध भोलि देशव्यापी प्रदर्शन

अबिलम्ब रिहा नगरे थप संघर्षका कार्यक्रम गर्ने अखिल( क्रान्तिकारी)को घोषणा

0

 

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का विद्यार्थी नेता डिवि सीको गिरप्तारी बिरुद्ध भोलि(बुधबार) देशव्यापी विरोध प्रदर्शन गर्ने भयको छ। मंगलबार संगठनका अध्यक्ष प्रकाश सीले विज्ञप्ति जारी गर्दै देशव्यापी प्रदर्शनको घोषणा गरेका हुन।

विज्ञप्तिमा भनिएको छ “हाम्रो संगठनका सचिवालय सदस्य तथा सिटिइभिटि व्युरो ईन्चार्ज क. डिवि सी लाई हिजो वेलुकी ५ बजे ५९ औं विद्यार्थी दिवसको कार्यक्रम स्थल राष्ट्रिय नाचघर जमलवाट प्रहरीले कृतिम आर्थिक विषय बनाई षड्यन्त्रपुर्ण ढंगले कुट्टामुद्धामा गिरप्तार गरि सोह्रखुट्टे हिरासतमा राखेको छ । विद्यार्थी दिवसको कायक्रममा रहेको वेला गुण्डागर्दी शैलीमा प्रहरीले गरेको गिरप्तारिको हामी घोर निन्दा एवं भ्रर्त्सना गर्दछौं । साथै उहाँलाई तत्काल रिहाई गर्न माग गर्दछौं । गिरप्तारीको विरोधमा भोली दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन आयोजना गरिएको समेत यहि विज्ञप्ति मार्फत जानकारी गराउँदछौं । गिरप्तार विद्यार्थी नेतालाई तत्काल रिहा नगरे हामी थप कडा संघर्षमा उत्रिने र संघर्षवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रहरी प्रशासन हुने विषय समेत चेतावनी दिन चाहन्छौं”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।