७ बैशाख २०८१, शुक्रबार

अबैध रुपमा सञ्चालित कन्सल्टेन्सी विरुद्ध संघर्ष गर्ने अखिल (क्रान्तिकारी) सुर्खेतको निर्णय

0

सुर्खेत /नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन( क्रान्तिकारी) सुर्खेतले कानुनी प्रक्रिया पुरा नगरि अबैध रूपमा सञ्चालन भईरहेका शैक्षिक कन्सल्टेन्सी विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ।अखिल क्रान्तिकारी सुर्खेतको शुक्रबार बीरेन्द्रनगरमा सम्पन्न दोस्रो पुर्ण बैठकले यस्तो निर्णय गरेको हो।

संगठनका जिल्ला संयोजक उपेन्द्र सी को अध्यक्षतामा भएको बैठकले जेठ महिनाको अन्तिम हप्ता जिल्ला सम्मेलन गर्ने र शैक्षिक माफिया विरुद्ध दबाबमुलक आन्दोलन अगाडि बढाउने निर्णय समेत गरेको छ।

अखिल क्रान्तिकारीको बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज धुर्ब सी को प्रमुख आतिथ्यता, सहिद परिवार समाज की केन्द्रीय उपाध्यक्ष तथा केन्द्रिय प्रतिनिधी समिति सदस्य योजना सी,सुर्खेत जिल्ला सेक्रेटरी जीत सी,अखिल (क्रान्तिकारी) मध्यकर्णाली ब्यूरो इन्चार्ज तुलराज सी लगायतका नेताकार्यकर्ताहरुको सहभागीता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।