१३ बैशाख २०८१, बिहीबार

दर्भान बजार सरसफाई गर्दै नेकपा पश्चिम लुम्बिनी ब्यूरोको स्कुलिङ कार्यक्रम सम्पन्न

0

प्यूठानः नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्बिनी ब्यूरोेद्वारा सन्चालित पाँच दिने व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रम दर्भान बजार सरसफाई गर्दै सम्पन्न भएको छ ।
प्यूठानको सरुमारानी गाँउपालिका स्थित दर्भानमा जेठ १ गते देखी सन्चालित व्यूरो स्तरिय राजनैतिक तथा वैचारिक स्कुलिङ कार्यक्रमको अन्तिम दिन आज दर्भान बजार सरसफाई गर्दै सम्पन्न भएको हो ।
स्कुलिङ कार्यक्रममा माक्र्सवादका तीन संघठक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद अन्तरगत दूई विश्व दृष्टिकोण, उत्पादन तथा अर्थ प्रणाली र राज्यसत्ता स्थापना,रक्षा र विकास सम्वन्धी एकिकृत जनक्रान्तिको स्कुलिङ पठ्यक्रम अनुसार पढाई भएको नेकपा पोलिट व्यूरो सदस्य तथा केन्द्रिय स्कुल विभाग प्रमुख ध्रुव सीले बताएका छन् ।
कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य तथा यूवा परिचालन विभाग इन्चार्ज असल सीले क्रन्तिकारी विचार सिद्धान्त तथा राजनैतिक कार्यदिशा बदलिदो समय अनुसार विकास र रक्षा गर्दै अन्तत वैज्ञानिक समाजवाद स्थापना गर्न शसस्त्र क्रान्ति नै एकमात्र विकल्प रहेकोले हातहरु शसस्त्र हुनुभन्दा पहिले आफ्ना मन मष्तिक तथा दिमागलाई सशस्त्र बनाउनु पर्ने बताए ।
त्यस्तै नेकपा का केन्द्रिय सदस्य तथा केन्द्रिय स्कुल विभाग सदस्य प्रयास सीले नेपालमा दलाल संसदिय व्यवस्था असफल भैसकेकोले विभेद रहित सुन्दर र समृद्ध मानव जातीको व्यवस्था वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न पहिलो मापदण्ड भनेको मानसिक समृद्धी हो । त्यसैले पार्टीका अगुवा नेता, कार्यकर्ता पंक्ति राजनैतिक तथा वैचारिक रुपमा समृद्ध र शसक्त हुनुपर्ने बताए ।
पाँच दिने स्कुलिङमा केन्द्रिय स्कुल विभागद्धारा निर्माण पाठ्यक्रम अनुसार माक्र्सवादका तिन संघठक अंग मध्य दर्शनशास्त्रको विषय अन्तरगत दर्शनशास्त्रको परिचय,दर्शनशास्त्रले हल गर्नुपर्ने प्रश्न र दुई विश्व दृष्टिकोण , द्धन्द्ववादको नियम,बदलिएको वस्तुको रक्षा र विकास सम्वन्धि केन्द्रिय स्कुलिङ विभाग सदस्य क. प्रयास सी र पश्चिम लुम्बिनी ब्यूरो स्कुलिङ विभाग सदस्य क. राजेन्द्र सी , राजनैतिक अर्थशास्त्र अन्तरगत बैज्ञानिक समाजवादी अर्थशास्त्रको परिचय,परिभाषा,वर्गिय पक्षधरता,उत्पादन, उत्पादनका साधन र उद्वेश्य,वस्तुको मुल्य निर्धारणमा श्रमको भुमिका र ज्याला, कम्यूनिष्ट कार्यकर्ता र अर्थ सम्वन्ध सम्वन्धि नेकपाका पिविएम तथा केन्द्रिय स्कुलिङ विभाग प्रमुख धुर्व सीले पढाएका थिए । त्यस्तै बैज्ञानिक समाजवाद अन्तरगत मानव र मानव समाज विकासका आधार, मानव समाजको विकासक्रम,सामन्तवादी र पुजीवादी समाजका चरित्र तथा विषेशता,नेपाल कम्यूनिष्ट पार्टीको राजनितिक कार्यदिशा,संगठन निर्माण परिचालन तथा अवधारणा र असल कम्यूनिष्ट किन र कसरी बन्ने भन्ने सम्वन्धि नेकपा का पि वि एम तथा केन्द्रिय यूवा परिचालन विभाग इन्चार्ज असल सी , नेकपा पि वि एम तथा पश्चिम लुम्बिनी ब्यूरोे इन्चार्ज सञ्जिव सी र पश्चिम लुम्बिनी ब्यूरो स्कुलिङ विभाग सदस्य विकल्प सीले पढाएको स्कुलिङ विभाग प्रमुख धुर्व सीले जानकारी दिए ।
महान जनयुद्वका शहिदहरु डिला के सी, पुतला रायमझी, मुसाराम धामी र जोख बहादुर पुन लगायतका शहिद परिवारहरुलाई स्कुलिङ कार्यक्रमको व्यवस्थापनमा सहयोग पु¥याएकोमा सम्मान पत्र सहित नेकपा पश्चिम लुम्बिनी ब्यूरोे इन्चार्ज सञ्जिव सीले सम्मान गरेका थिए । स्कुलिङमा सहभागीहरु मध्य पुर्वी कपिलवस्तुबाट रेशम सी , पश्चिम कपिलवस्तुबाट उशा सी, दक्षिण दाङ्गबाट सुर्य सी, प्यूठानबाट यांक सी र अर्घाखँची बाट मिसन सीले कार्यक्रममा अनुभुतिजन्य प्रतिक्रिया मनतव्य व्यक्त गरेका थिए । नेकपाका पि वि एम तथा पश्चिम लुम्बिनी ब्यूरोे इन्चार्ज सञ्जिव सीको अध्यक्षतामा भएको व्यूरो स्तरिय स्कुलिङ कार्यक्रमको नेकपा केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सीले सन्चालन गरेका थिए । स्कुलिङ कार्यक्रमको अन्तिम दिनमा दर्भान बजार सरसफाई गरिएको थियो जुनकार्यबाट स्थानिय जनता अत्यन्तै प्रभावित र खुसी भएको व्यूरो इन्चार्ज सञ्जिव सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।