१६ चैत्र २०८०, शुक्रबार

बचतकर्ताहरुको रकम फिर्ता नदिने यूनिक नेपाललाई नेकपाको कारबाही 

गरायो सबैको बचत फिर्ता

0

धनगढी । नेपाल कम्युनिष्ट पार्टी मध्य कैलाली जिल्लाले बचतकर्ताहरुको रकम फिर्ता गर्न नमानेर दुख दिदै आएको युनिक नेपाल लघुवित्त वित्तिय संस्थालाई बचत रकम फिर्ता गर्न लगाएको छ । कैलालीको घोडाघोडी नगरपालीका सुख्खड बजारमा रहेको यूनीक नेपालले बचत कर्ताहरुको रकम फिर्ता गर्न आनाकानी गरेर दुख दिने कार्य गर्दै आएको भन्दै यूनिक नेपाल लघुवित्त वित्तिय संस्थालाई बचतकर्ताहरुको बचत रकम फिर्ता गराउन लगाएको हो । 

 

मध्ये कैलाली जिल्ला सचिव आर्यन विरु सिले यूनिक नेपाल लघुवित्त वित्तिय संस्थाले बचत कर्ताहरुले आफ्नो बचत रकम फिर्ता माग्दा पनि नदिएको गुनासो गरे पछि रकम फिर्ता गराएको जानकारी गराए । आफुले बचत गरेको रकम माग्दा विभिन्न बहाना गरेर दिन नमानेको बचतकर्ताहरुको मगलाई मध्यनजर गर्दै शुक्रबार बचत फिर्ता गराएको उनले बताए। सचिब आर्यनले यूनिक नेपालको सुख्खडमा रहेको कार्यालयमा गएर छलफल गरी अब उप्रान्त बचतकर्ताहरुलाई सास्ती नदिन सुझाब दिदै १५ जना बचत कर्ताहरुको बचत फिर्ता गराएको जानकारी गराए । उनले लघुवित्तहरुले दिएको ऋण असुली प्रकृयालाई सहज बनाउन समेत सुझाएको सचिव आर्यन विरु सिले जानकारी गराए । उनले जनतालाई दुख दिने कार्य गरे कारबाही गरिने चेतानी दिएको समेत जानकारी गराए । 

 

त्यसैगरी अखिल (क्रान्तीकारी) मध्य कैलालीले घोडघोडी नगरपालीकामा विद्यार्थीको अधिकार, शैक्षिक विकृती,शुल्क बृद्धी र समसामयीक विषयलाई लिएर ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय कलेज सुुख्खडका ईकाई अध्यक्ष शेर बहादुर सिले घोडाघोडी नगरपलीकाको शिक्षा शाखामा शैक्षिक विकृती रिुद्ध ज्ञापन पत्र बुझाएको जानकारी गराए । 

त्यसैगरी नगरपालीकामा सेवा दिने काममा ढिलाई हुने गरेको, नगरपालीकासंग सवारी साधन हुँदाहुँदै गाडी भाडामा लिएर ब्ययभार थुपारेको जस्ता जनताको गुनासोको आधारमा नगरपालीकालाई खबरदारी समेत गरेको जानकारी दिएका छन् । कार्यालय समयमा कार्यकारी नभेटीने, सेवाग्राहीले समयमा सेवा नपाउने गरेको नदीजन्य स्रोतहरुमा मनमानी गरेको जस्ता कार्यहरुमा सुधार गर्न सुझाब दिएको सचिब आर्यन विरु सिले जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।