७ बैशाख २०८१, शुक्रबार

क्रान्तिकारीहरुलाई पनि बधाई देऊ

0

क्रान्तिकारीहरुलाइ पनि बधाई देऊ
आजकाल फेसबुक खोल्यो जताततै बधाईको ओइरो छ
अमेरिका , अस्ट्रेलिया , युरोप यात्राको बधाई
बधाईको पनि स्तर रहेछ
खाडी गएकाहरु खासै
बधाईको लायक रहेनछन्
अमेरिका ,युरोप , अस्ट्रेलिया जानेहरुले बधाई पाउँदा रहेछन् ।
यहीँ उधम गरेकाहरु पनि,
खाडी सरहको बधाई पनि पाएका छैनन्
महोदय!
कहिलेकाँहि क्रान्तिकारीहरुलाई पनि बधाई देऊ न!

हामिलाइ पनि माया गरुन
देशको पक्षमा लड्नेलाइ पनि सम्झेउ
महलमा बस्नेलाइ मात्रै किन महोदय ?
जनताको झुपडिमा बस्नेलाइ पनि माया गरन् !

मित्र !
समाज , मानव जीवन , सत्य र क्रान्तिबारे
चेतना जगाउनेलाई पनि मान्छे ठानुन
स्वाधीनताका पक्षमा बलिदान दिनेहरुलाइ पनि पढ न
मित्रहरु !
किन तीखो वचन लगाउछौं?
बिदेश जान नसकेर पनि होईन नि!
यो देशको माटोको सुगन्धले रोकिहाल्यो
सुगन्धित माटोलाइ दुर्घन्दित बनाउने शासन ढाल्ने सपनाले छेकि हाल्यो!

मित्र!
स्वाधीनताको मूल्य डलरभन्दा मुल्यवान हुन्छ
र लिपुलेक , लिम्पियाधुरा र कालापानी
जोगाउन यहीँ लड्ने निधो गरियो
हजारौं सहिदको सपना पूरा गर्न क्रान्ति रोजियो
उत्पीडित वर्गको पक्षमा लड्ने संकल्प गरियो
श्रम र उत्पादन आफ्नै माटोमा गर्ने चेतनाले जित्यो
राष्ट्रघात , भ्रष्टाचार , बिभेदका विरुद्ध लड्ने सोचियो
संसदवादका विरुद्ध वैज्ञानिक समाजवाद ल्याउन हिडियो
यो महान यात्राका क्रान्तिकारीहरुलाई पनि बधाई देऊ न!

तिमी समुद्रको छाल देखाउँदै
आइफोनबाट भन्छौ
के छ यो देशमा?
मित्र!यहाँ तिम्रो प्रश्नले मन चुडिन्छ
जब तिमी नै छैनौं , देशमा के हुन्छ?
स्रोत छ , साधन छ केवल तिम्रो श्रम उतै बगिरह्यो
जब तिमी समुद्रको छालमा रमायौ
यहाँ खोलाको जवानी खेर गयो
तिम्रो जवानी अमेरिकामा समेटियो
यहाँ देशपनी बुढो भयो!

प्रीय ! फर्केर आउ आफ्नै देश
तिम्रो हाम्रो सबैको जवानी यहीँ जुटाइदिउ
त्यो अपमानित दास जिवनलाइ त्यही छोडेर आऊ
स्वाभिमानी माटोमा स्वाभिमान फर्काएर आउ!

आउ मित्रहरु!तिमिलाइ बेच्ने सत्ता पल्टाउन
वैज्ञानिक समाजवादका सिपाही बन्न आउ
सार्वभौमिकता , स्वाधीनता , अखण्डता बचाउन
कम्मर कसेर आउ!

मित्र तिमी आउनैपर्छ
देशले तिमिलाइ पुकारिरहेछ
तिम्रो आगमनले देश मुस्कुराउनेछ ।
माटो सुगन्धित हुनेछ
तिम्रो आगमनले दलाल पुँजीवादी दुर्घन्दित हावा बिस्तारै हराउनेछ !!
जेष्ठ ६ , २०८० ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।