१४ बैशाख २०८१, शुक्रबार

भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ: समाजवादी देशभक्त मोर्चा

अपराधीहरु उम्किने र सामान्य मान्छेलाई कारबाहीको भागिदार बन्ने गल्ति नहोस्

0

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित तीन ओटा कम्युनिस्ट पार्टी सम्मीलित समाजवादी देशभक्त मोर्चाले भुटानी शरणार्थी प्रकरण रास्ट्रघात र जनघातसंग जोडिएको बिषय भएकोले संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएको छ। मोर्चाका अध्यक्ष विप्लव सी को अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले यस्तो निर्णय गरेको कुरा शनिबार जारी प्रेसबिज्ञप्ती मार्फत जानकारी गरिएको हो।

समाजवादी देशभक्त मोर्चाका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित बिज्ञप्तीमा शरणार्थी प्रकरणमा सरकारले चलाएको कारबाहीलाई मोर्चाले सकारात्मक रूपमा लिएको समेत उल्लेख गरिएको छ।

त्यस्तै बिज्ञप्तीमा केही मान्छेले पोलेको भरमा कसैलाई गिरफ्तार गर्ने तर केहीलाई प्रमाणसहित उजुरी गर्दा पनि नछुने अवस्था देखिएको हो कि भन्ने गंभीर आशंका पैदा भएकोले यसप्रति राज्यको समयमै ध्यान पुगोस्  र कुनै पनि बहानामा अपराधीहरु संरक्षित हुने, सामान्य मान्छे मात्र कारबाहीको भागिदार बन्ने गल्ती नहोस्  भनेर सचेत बनाउन चाहन्छ भनिएको छ भने मोर्चामा नेपाल कम्युनिस्ट पार्टी , आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपा सहभागी छन।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

समाजवादी—देशभक्त मोर्चाको अध्यक्षमण्डलको बैठक आज २०८० जेठ ६ गते काठमाण्डौंमा सम्पन्न भयो । बैठकको निर्णय सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१) हालै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको विषयमा सरकारले चलाएको कार्यबाहीलाई मोर्चाले सकारात्मक रुपले लिएको छ । यो काण्ड राष्ट्रघात र जनघातसँग जोडिएकाले काण्डमा संलग्न अपराधीहरुलाई हदैसम्मको कडा कार्यवाही गर्नुपर्दछ ।
२) पछिल्ला दिनमा केही मान्छेले पोलेको भरमा केहिलाई गिरफ्तार गर्ने तर केहीलाई प्रमाणसहित उजुरी गर्दा पनि नछुने अवस्था देखिएको हो कि भन्ने गंभीर आशंका पैदा भएको छ । यसप्रति राज्यको समयमै ध्यान  पुगोस्  र कुनै पनि बहानामा अपराधीहरु संरक्षित हुने, सामान्य मान्छे मात्र कार्यवाहीको भागिदार बन्ने गल्ती नहोस्  भनेर सचेत बनाउन चाहन्छ ।धन्यवाद ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।