७ बैशाख २०८१, शुक्रबार

१४ औं रास्ट्रीय वेपत्ता योद्दा स्मृति दिवसको सन्दर्भमा भोलि अन्तर्कृया हुँदै

माओवादी घटक सम्बद्ध प्रमुख नेताहरूले सम्बोधन गर्ने

0

काठमाडौ/ तत्कालीन जनयुद्धको समयमा राज्यद्वारा राजनीतिक आस्थाका आधारमा बेपत्ता पारिएका योद्दाहरुको स्मृति दिवसको सन्दर्भमा जेठ ७ गते अर्थात भोलि अन्तर्कृया हुने भएको छ।बेपत्ता योद्दाहरुको सपना सार्वजनिकनिकरण र शान्ति प्रक्रिया बिषयक अन्तर्कृया भोलि दिउँसो ११ बजे काठमाडौको जमलस्थित रास्ट्रीय नाचघरमा हुन लागेको हो।

वेपत्ता योद्दा परिवार समाजद्वारा आयोजित अन्तर्कियामा प्रधानमन्त्री पुष्पकमल दाहाल – प्रचण्ड – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैध किरण, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई , एमाले नेता प्रदीप ज्ञवाली, काङ्ग्रेस नेता रमेश लेखक लगाएतका बक्ताहरुले सम्बोधन गर्ने बेपत्ता योद्दा परिवार समाजकी केन्द्रिय सदस्य आस्था सी ले जनपत्रीका डटकमलाई जानकारी दिएकी छन।

सामन्तवाद र साम्राज्यवाद सङ्गको नेपाली जनता र देशको अन्तरबिरोधलाई हल गर्दै जनवाद ,समाजवाद तथा साम्यवाद स्थापनाका लागि शुरु गरिएको जनयुद्धको क्रममा २०५६ साल जेष्ठ ७ गते काठमाडौको संकटाबाट माओवादी नेता दण्डपाणी न्यौपाने , पत्रकार मिलन नेपाली , नविन गौतम र कमला शर्मालाई राज्यले बेपत्ता पारेको दिनको सन्दर्भमा बिगत १४ बर्षदेखि विभिन्न कार्यक्रम गरि बेपत्ता योद्दा स्मृति दिवस मनाउने गरिएको छ।

झण्डै १ हजार ९६ जना योद्दाहरु जनयुद्धको क्रममा बेपत्ता पारिएको र उनिहरुको स्थिति सार्वजनिकरण अझै हुन नसकेको बेला बेपत्ता योद्दाहरुको स्थिति सार्वजनिकरण हुनुपर्ने र उनिहरुको योगदानलाई राज्यले स्वामित्व लिएर संस्थागत गरिनुपर्ने माग राख्दै बेपत्ता योद्दाहरुका परिवारहरु आन्दोलन गरिरहेका छन भने अर्कोतिर तत्कालीन जनयुद्धको एउटा हिस्सा बारम्बार सरकारमा पुगेपनि  समस्याको समाधान अझै हुन सकेको छैन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।