१६ चैत्र २०८०, शुक्रबार

महिलालाई आत्महत्या गर्न बाध्य पार्ने लघुवित्तलाई लखेटिन्छ ः भृकुटी सी

0

 ः

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी सीले महिलालाई आत्महत्या गर्न बाध्य पार्ने लघुवित्तलाई गाउँ–गाउँबाट लखेट्नु पर्ने बताएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र श्रमिक समुदाय मोर्चाको चन्द्रगिरी नगर सम्मेलनलाई सम्बोधन गर्दै भृकुटीले यस्तो बताएकी हुन् । 

 

लघुवित्तले टचर दियो भनेर आत्महत्या गर्नु कायरता भएको भन्दै उनले यसलाई प्रतिकार गर्नुपर्ने बताएकी छन् । ‘हामीहरु लघुवित्तले ऋण नतिरेको भन्दै टचर दियो भनेर जंगलतीर भाग्नुपर्ने स्थिति छ । कोही कोहीले त जंगलमा गएर आत्महत्या पनि गर्नुभएको छ ।’, उनले भनिन्, ‘यो कारयता हो । बहादुर महिलाले आत्महत्या गर्दैनन् । उनीहरुले बरु संघर्ष गर्छन् । जंगलमा गएर आत्महत्या गर्नुभन्दा सिंहदरबारमा आत्मदाहा गर्नु महानता हुन्छ । आत्मदाहाको प्रयास गरे ऋण मिनाहा हुने सम्भावना रहन्छ । आत्महत्या समस्याको समाधान होइन् ।’

 

उनले विभिन्न बहानामा चटर दिने लघुवित्तलाई गाउँबाट लखेट्नुपर्ने बताइन् । ‘मान्छेको व्यवहार विग्रीयो भने समयमा किस्ता तिर्न सकिदैन । लघुवित्तका कर्मचारीलाई हामीले हाम्रो समस्या बताउन पर्छ । उनीहरुले हाम्रो समस्या बुझ्ने प्रयास गरेनन् भने गाउँगाउँबाट लखेट्नुको विकल्प हुँदैन ।’, काठमाडौं जिल्ला नम्बर ३ की इन्चार्जसमेत रहेकी उनले भनिन्, ‘यसमा तपाईंहरु प्रतिकार गर्न तयार हुनुहोस् हामी तपाईंको साथमा छौं । तपाईंहरुलाई सहयोग गर्न पार्टी उपस्थित छ । पहिला तपाईंहरुले आट्नुहोस् ।’

१० बर्षे महान जनयुद्धका कारण महिलाले आंशिक अधिकार प्राप्त गरेको भन्दै महिलाको मुक्तिका लागि अझै संघर्ष गर्नुपर्ने बताइन् । ‘शान्ति प्रक्रियापछि हामी संसदमा प्रबेश गर्यो । त्यतिबेलाका राजनीतिक दलहरुले महिलालाई अधिकार दिन खोजेका थिएनन् । हामीले लामो संघर्ष गर्नुपर्यो ।’, उनले भनिन्, ‘अहिले महिलाले प्राप्त गरेको ३३ प्रतिशत संसदमा हामीले गरेको संघर्षको परिणाम हो । अझ भनौं जनयुद्धको उपलब्धी हो । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी, पूर्वसभामुख अनसरी घर्तिहरुले त्यहाँसम्म पुग्नु जनयुद्धमा २५ सय महिलाले गरेको बलिदानीको परिणाम हो ।’

 

दासयुगका महिलाहरुले संघर्ष गर्ने आँग गरेकाले अहिले उनीहरुलाई भगवानको रुपमा पुज्ने गरिएको उनको तर्क थियो । ‘सरस्वती, लक्ष्मी, पार्वतीहरुले दासयुगमा अन्याय अत्याचारका विरुद्धमा संघर्ष गर्ने आँट गरेका थिए । अहिले उनीहरुलाई भगवानका रुपमा पुजिने गरिन्छ ।’, उनले भनिन्, ‘उनीहरु भगवान सगवान केही पनि होइनन् । उनीहरु बहादुर महिला हुन् । उनीहरुले संघर्ष गर्ने आँट गरेकाले अहिले भगवानका रुपमा पुज्न थालिएको हो । हामी पनि संघर्ष गर्न तयार हुनुपर्छ, महिलाको अधिकार स्थापितका लागि बलिदान दिन तयार हुनुपर्छ ।’

 

सम्मेलनले अनु सीको अध्यक्षतामा १९ सदस्यीय नगर कार्यसमिति निर्वाचित गरेको छ । साथै, श्रमिक समूदाय मोर्चाको नगर संयोजकमा कृष्ण सीलाई चयन गरिएको छ । उनकोको नेतृत्वमा ७ सदस्यी सम्मेलन आयोजक समिति चयन गरेको छ । श्रमिक समुदाय मोर्चा चन्द्रगिरी नगर इन्चार्ज मंगल सीको अध्यक्षतामा चलेको सम्मेलनमा भृकुटी सीको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनमा धादिङ जिल्ला इन्चार्ज महेन्द सी, नेवा मुक्ति मोर्चाकी कोषाध्यक्ष सन्तोषी सी, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य इन्द्र सी, नेकपा नगर इन्चार्ज श्याम सीको उपस्थिपति रहेको थियो । कार्यक्रमको संचालन प्रज्ञा सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।