८ बैशाख २०८१, शनिबार

आज कुन कुन स्थानमा छ वर्षाको सम्भावना

0

 

काठमाडौं।हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल त्यसको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनीलगायत पहाडी भू-भागमा आज बिहान सामान्यदेखि पूर्णतया बदली रहेको छ । 

 

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ।

 

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।