
काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले घोडाघोडी नगरपालिका वडा नं ४ मा रहेकाे सिताकुण्ड माध्यमिक विद्यालय गणेशपुरमा ताला लगाएको छ। २०७९ असोज १४ गते गणित विसय मा.वि अनुदान कोटाको विज्ञापन गरेको भयता पनि स्वार्थ केन्द्रीकृत लडाइ तथा भागबण्डा नमिलेको कारण अहिलेसम्म शिक्षक नियुक्ति नगरेको भन्दै बीहबार प्रधानाध्यापककाे कार्य कक्षमा ताला लगाईएको हो।
संगठनका कैलाली जिल्ला ईन्चार्ज विनोद सीले निकालेको प्रेस विज्ञप्तिमा ,उल्टो राजनीतिक आडमा विद्यार्थीलाई धम्काउने र विद्यार्थीको भविस्य माथी खेलवाड गर्ने तथा विद्यालयलाई अस्त व्यस्त बनाउने जस्ता निकृष्ट हर्कतको नेतृत्व विद्यालयको प्रधानाध्यापकले नै गरिएको हुँदा चेतावनी स्वरुप प्र.अ. को कार्यकक्षमा तालाबन्दी गरेको छौं । र उक्त विषयमा विद्यालय प्रशासन जिम्मेवार बन्न र तरुन्त शिक्षक छनोट गरि विद्यार्थीको पठनपाठन सहजीकरण गर्न संगठन जोडदार माग गर्दछ अन्यथा माथि उल्लेखित बिसयमा समयमै विद्यालय प्रशासन गम्भीर नभए कडा संघर्ष गर्न बाध्य हुने बेहोरा उल्लेख गरिएको छ।