११ श्रावण २०८१, शनिबार

देश बचाउन समाजवादी मोर्चा आवश्यक छ : विप्लव

0

 

धनगढी । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम सी विप्लवले देश बचाउन समाजवादी मोर्चाको आवश्यकता भएको बताएका छन्। बुधबार कैलालीको धनगढीमा आयोजित सेती महाकाली ब्यूरोको संयुक्त राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन्।

महासचिव विप्लवले नेपाललाई युक्रेन बनाउने षडयन्त्रको जालो बुन्ने काम भईरहेको बताउदै देश बचाउन समाजवादी मोर्चा आवश्यक भएकाले राष्ट्रवादीहरुको एकतामा पार्टीले जोड दिएको बताए। उनले परिस्थिति तेस्रो विश्व युद्धको नजिक रहेको बताउदै अमेरिका र यूरोपका कारण भईरहेको युक्रेन र रुसको लडाई तेस्रो विश्व युद्धको नजिक पुगेको बताए । उनले पहिले भारतमार्फत नेपाल आउने अमेरिका अहिले एमसीसीको नाममा सिधै नेपाल आएको बताउदै एसपीपी पास गर्न नसके पछि एमसीसीलाई नै एसपीपीमा बदलन लागी परेको ठोकुवा गरे । नेपालमा अबैध रुपमा पहिले देखिनै अमेरीकाले सेना आई सकेको बताउदै उनले अब बैधानीक रुपमा आएर नेपाललाई विश्वयुद्धको चपेटामा पार्न खोजेर नेपाललाई युक्रेन बनाउने संकेत देखिएको बताए। उनले सम्राज्यबादी युद्धले जनतालाई सचेत बनाउने बताउदै साम्राज्यबादी शक्तिहरुसंग लड्ने शक्ति नेपाल कम्युनिष्ट पार्टी भएकाले एकताको बहस र समाजबादी मेर्चाका लागी तिन पार्टीको एकता भएको बताए ।नेपाललाई कब्जा गर्ने नियतकासाथ अमेरीका आएको बताए । उनले राष्ट्रियता बचाउन नेपाल कम्युनिष्ट पार्टीले सके एकता नभए कार्यगत एकता गरेर अगाडी बढ्ने नीति लिएको बताउदै सम्पूर्ण राष्ट्रबादी शक्तिहरु एक ठाउँमा आउनुु पर्ने बताए ।

 मन्तव्यको क्रममा महासचिव विप्लवले पाँच वटा ठुला पार्टीहरु एक भएर निर्बाचन लड्दा पनि बहुमत आउन नसकेको बताउदै नेपालमा संसदिय व्यवस्था असफल भईसकेकाले समाजबाद ल्याउन सहयोग गर्ने सबैसंग एकता गर्ने धारणा राखे । महासचिव विप्लवले अखण्ड भारतको नाममा नेपालको लुम्बिनी, कपिलवस्तु र तक्षशिला लगायतका भूभागलाई समेटेर भारतले जारी गरेको नक्सा खारेज गर्नु पर्ने बताएका छन । भारतीय विस्तारबादले नेपालको भूभाग समेटेर नक्सा जारी गर्ने कार्य आपत्तीजनक छ । त्यो खोज गर्नु पर्छ , लुम्बिनी, कपिलवस्तु र तक्षशिला हाम्रै भूमी हुन महासचिव विप्लवले भने । हामीलाई कसैको एक ईन्च जमीन चाहीएको छैन । भारतले नेपाललाई खान खोज्छ भने त्यसको मूल्य चुकाउन तयार हुनु पर्छ ।

महासचिव विप्लवले समाजबाद ल्याउने र टीकाउने सिद्धान्त बनाउन आवश्यक भएको बताउदै बैज्ञानीक समाजबादमा सबैखाले विभेद र असमानताको अन्त्य हुने बताए । उनले नेपालको राज्य सत्ता र अर्थतन्त्र दलालहरुको कब्जामा रहेको बताउदै देश बचाउन एकीकृत जनक्रान्तिको माध्यामबाट बैज्ञानीक समाजबादी व्यवस्था ल्याउन सबैले एक जुट भएर लाग्नुपर्ने बताए ।

उनले बर्तमान व्यवस्थामा महिलाहरुले सुरक्षा,युवाहरुले रोजगार, देशभक्तहरुलाई देश,विद्यार्थीहरुलाई शिक्षा र नागरिकहरुलाई स्वास्थ्य उपचार पाउनु पर्नेमा पाउन नसकेको बताए । उनले असार १० गते देखि ३० गते सम्म २० दिन नेता कार्यकर्ताहरुले जनताको खेतमा काम गर्न निर्दैशन समेत दिएका छन्। 

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा स्कूलीङ विभाग प्रमुख भरत सिले समाजबादका लागी एकता आवश्यकता भएको बताउदै नेकपा माओबादी समाजबादी र श्रमीक जनतापार्टीसंगको एकताले समाजबादी यात्रामा थप बल पुगेको बताए । नयाँ युगको खोज र आविष्कार एकीकृत जनक्रान्ती भएको बताउदै उनले नेपालमा दलाल पुजिबाद र विश्वमा अमेरीकी साम्राज्यबादले गर्दा समस्या बढ्दै गएको बताए । उनले नेता कार्यकर्ताहरुलाई उत्पादन संग जोड्ने गरी पार्टीले योजना बनाएको बताए ।

 

त्यसैगरी पोलीटब्यूरो सदस्य विकल्प सीले तिन पार्टीको एकता जनताको भावना अनुसार र जनताको जनजीविकाको सवालमा भएको बताउदै एकिकृत जनक्रान्तिको माध्यामबाट सबैखाले समस्याको अन्त्य हुने भएकाले समाजबादी व्यवस्थाको विकल्प नभएको बताए। 

पार्टीका केन्द्रिय सदस्य भगत सिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा केन्द्रिय सदस्य तथा कैलाली जिल्ला ईन्चार्ज प्रकाश सीले पार्टीको सर्कुलर बाचन गरेका थिए भने केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज मीना  सीले स्वागत गरेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।