
काभ्रे / नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सीले भूमण्डलिकृत साम्राज्यवाद (अमेरिका) नेपाल प्रबेश गरिसकेको बताएका छन् । नेकपा पूर्वी ताम्सालिङ व्युरोको विशेष बैठकमा बोल्दै विकल्पले साम्राज्यवाद एमसीसीमार्फत नेपाल प्रबेश गरेको भन्दै यसको मिलेर प्रतिवाद गर्नुपर्ने बताएका हुन् ।
केन्द्रीय समितिको सर्कुलरलाई स्पस्ट पार्दै विकल्पले भूमन्डलिकृत साम्राज्यवाद नेपालमा एमसीसी कार्यान्वयन गराउने नाममा प्रबेश गरेर नेपालको अस्मितामाथि धावा बोलेको बताए । साम्राज्यवादले नेपाल प्रबेश गरिसकेकोले कम्युनिस्टहरुको बिचमा राष्ट्रिय एकता गरि साम्राज्यवादको बिरुद्धमा एकतावद्ध भएर लड्न विभिन्न क्रान्तिकारी कम्युनिस्ट देशभक्तहरुको बिचमा बृहत समाजवादी मोर्चा बनाउने अभियानमा सिङ्गो पार्टी पङ्ति गम्भिरताका साथ पहल लिनुपर्ने बताए।
उनले निराशाले अज्ञानता पैदा गर्ने भन्दै क्रान्तिकारीहरु निराश हुन नहुने बताएका छन् । बैठकमा केन्द्रीय सर्कुलरमाथि राखिएको सुझाव तथा टिप्पणीमाथि स्पष्ट पार्दै व्युरो इन्चार्जसमेत रहेका उनले क्रान्तिकारीहरुले जति बहस, छलफल र दृश्टिकोणसहितको बस्तुसंगत बहसमा सहभागी हुन्छन् यसले धारिलो बनाउने बताए । उनले बहसले नै एथेस्ट परिणाम दिने भएकाले निराश हुनु क्रान्तिकारीका लागि घातक भएको जिकिर गरे ।
‘जुन पार्टीले बस्तुगत अवस्थालाई मुल्याङ्कन गर्दै बहसलाई आम जनतामाझ लगेर मसिनोगरि वुझाउछ त्यसले जनतामा बिद्रोहको चेत जगाउछ । त्यसले नयाँ यात्राको बाटो खुल्ला गर्छ ’, उनले भने, ‘देशका युवा विद्यार्थीमा केही गरौं भन्ने हुटहुटी त छ तर उनीहरुमा भएको अज्ञानताका कारण निरासा पैदा गरेको देखिन्छ । राजनीतिक संघर्षबाट ज्ञान आर्जन गर्न सकिन्छ । यसले युवाहरुमा आशा जगाउँछ ।’
निराशा अज्ञानताले पैदा गर्ने भन्दै उनले आफ्नो पार्टीले हजारौं विकल्पका बाटाहरु खोलिदिएको भन्दै यसले निराशालाई चिर्दै जनतामा नयाँ आशा पैदा गर्ने ठोकुवा गरे ।