२४ बैशाख २०८१, सोमबार

सहिद उर्मिलाका आमा पार्वती बुढाको निधनप्रति नेकपा पश्चिम अछामद्वारा शोक व्यक्त

0

अछाम: जनयुद्धको क्रममा अछामको प्रथम महिला सहिद रामारोशन गाउँपालिका वडा नं. ५ का तुल्सी बुढा (उर्मिला) को ममतामयी आमा पार्वती बुढाको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछामले शोक व्यक्त गरेको छ ।
नेकपा पश्चिम अछाम इन्चार्ज मिना सी र सेक्रेटरी निरक सीद्वारा शुक्रबार शोक वक्तव्य जारी गर्दै उनको मृत्युप्रति श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

जारी वक्तव्यमा भनिएको छ “जनयुद्धमा बलिदान गर्ने सहिद जन्माउने महान आमा पार्वतीको ६३ वर्षको उमेरमा मिति २०८०/०२/१८ गते बिहान ७ बजे घास काट्ने क्रममा भिडबाट लडेर दु:खद निधनले दुखित तुल्याएको भन्दै मृतकप्रति सम्मान, श्रद्धाञ्जली र आफन्तहरुप्रति समवेदना प्रकट गर्दछौं” ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।