२ जेष्ठ २०८१, बुधबार

अमेरिकाबाट देश निल्ने खतरा बढ्यो, क्रान्तिकारी र देशभक्तले प्रतिवाद गर्नुको विकल्प छैन : सुमनसिंह सी

0

इलाम: नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले यतिबेला नेपालमा अमेरिकी हस्तक्षेप उत्कर्षमा पुग्दै गएको बताएका छन् ।

बुधबार इलाम सदरमुकाममा बसेको मेची ब्युरोको विशेष बैठकमा पार्टीका मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले
एमसीसी हुँदै अमेरिकाले आफ्नो सैन्य उपस्तिथि नेपालमा गराउने प्रयत्न गरिरहेको बताउँदै अमेरिकाले देश नै निल्न सक्ने खतरा बढेको विषय राखे ।

पार्टी केन्द्रिय समितिको एकताको विशेष बैठकपछि बसेको मेची ब्युरोको बैठकमा इन्चार्ज सींहले अमेरिकी दलालहरु जनताको असन्तुष्टिलाई आफू अनुकुल घुमाउने र नेपालको राजनीति आफ्नो कब्जामा लिने खेलमा लागेको बताए । नेपालमा भूमण्डलीकृत पुँजिवाद आफ्नो सत्ता सुदृढ गर्न लागेकाले देशभक्त र क्रान्तिकारीहरु एक हुन र मिलेर प्रतिवाद गर्नुको विकल्प नभएको बताए ।

भर्खरै भारतले आफ्नो अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेटेको विषय आपत्तिजनक रहेको र भारतिय साम्राज्यवाद पनि नेपालमा अस्थिरता निम्त्याएर संसदिय व्यवस्थाप्रति जनताको असन्तुष्टिलाई आफ्नो अनुकुलको परिस्थिति सृजना गर्न आफ्ना दलालहरुलाई खटाउन थालेको बताए । उनले भने, ‘देशको स्वाधिनताको निम्ति महासंग्रामको ढोका खोल्नु पर्छ । सबै जनता देशको मामलामा एक ठाउँमा आउने गरि पार्टीले भूमिका खेल्नु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।