६ जेष्ठ २०८१, आईतवार

साम्राज्यवादीहरुको हस्तक्षेपविरुद्ध सम्पूर्ण वामपन्थीकाे संयुक्त मोर्चा जरुरी छ : विषम

नेकपा पूर्वी लुम्बिनी ब्युरोको राजनीतिक वैचारिक प्रशिक्षण

0

बुटवल: नेपाल कम्युनिस्ट पार्टी पूर्वी लुम्बिनी व्युरोको राजनीतिक वैचारिक प्रशिक्षण बुटवलमा सम्पन्न भएको छ । व्युरो अन्तर्गत गुल्मी, पाल्पा, रुपन्देही, नवलपरासी र नवलपुर जिल्लाहरुका पार्टी जिल्ला सदस्य, सल्लाहकार, केन्द्रीय प्रतिनिधि समिति सदस्य, सहिद एवं वेपत्ता परिवारको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा बोल्दै नेकपा स्थायी समिति सदस्य सन्तोष सीले आफ्नो पार्टी, नेकपा माओवादी समाजवादी र श्रमिक जनता पार्टीबीच पार्टी एकतापछि केन्द्रीय समितिको विशेष एकता बैठकपछि त्यसका निर्णयहरुलाई सम्प्रेषण गर्न प्रशिक्षणको आयोजना गरिएको बताए । उनले पार्टी एकताबारे चर्चा गर्दै क्रान्तिकारीहरुको एकता वस्तुगत परिस्थितिको उपज भएको बताए । उनले पार्टी एकताको उद्देश्य नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने रहेको बताउदै साम्राज्यवादीहरुको हस्तक्षेप विरुद्ध सम्पूर्ण वामपन्थी, देशभक्त र क्रान्तिकारी कम्युनिस्टहरुको संयुक्त मोर्चा जरुरी रहेको बताए ।
नेकपा पोलिटब्युरो सदस्य एवं पूर्वी लुम्बिनी व्युरो इन्चार्ज बसन्त सीले साम्राज्यवादी हस्तक्षेप तीब्र भन्दै आएको भन्दै देशको स्वाधिनता रक्षाका लागी नयाँ राष्ट्रिय सुरक्षा नीति र नयाँ परराष्ट्र नीति जरुरी भएको बताए । पिबिएम एवं स्कूल विभागका प्रमुख भेषराज सीले पार्टी एकताको आधार मालेमावाद, वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्ति भएको बताए । पिविएम विनोद सीले क्रान्तिलाई गुणात्मक विकास गर्ने कार्यदिशा एकीकृत जनक्रान्ति भएको बताउदै एकता प्रक्रियामा सबै क्रान्तिकारी जोडिनुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सी, केन्द्रीय सदस्य एवं नवलपुर इन्चार्ज कमल सीले स्वागत र केन्द्रीय सदस्य एवं पाल्पा इन्चार्ज धीरज सीले केन्द्रीय समितिले पारित गरेको दस्तावेज र सर्कुलर वाचन गरेका थिए । प्रशिक्षणमा नवलपुर इन्चार्ज सुमन सी, गुल्मी इन्चार्ज सुमन सी, पाल्पा सेक्रेटरी नेपाल सी,रुपन्देही सेक्रेटरी विरेन्द्र सी र नवलपरासी सेक्रेटरी प्रताप सीले जिल्लाको रिपोर्ट प्रस्तुत गरेका थिए ।    


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।