१४ बैशाख २०८१, शुक्रबार

टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने जिम्मेवारी नेकपाको काँधमा छः विराट

0

 

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीले टुटफुट भएको माओवादीलाई एकतामा ल्याउने मुख्य जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीको काँधमा आएको वताएका छन । बुधवार नेकपा कालिकोटको एकताको बिशेष बैठकलाई जिल्लाको शान्नितिवेणी गाउँपालिकामा सम्वोधन गर्दै केन्द्रीय सदस्य विराटले यस्तो वताएका हुन।

कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका संयोजक समेत रहनु भएका नेता विराटले भने “टुटफुट भएको कम्युनिस्ट आन्दोलन र बिभाजन भएको माओबादी पार्टीलाई एकता गरेर लैजाने जिम्मा हाम्रो पार्टी नेपाल कम्युनिस्टको काधँमा छ, यो काम गरेर छोड्छ ।”

उनले अब क्रान्तिकारी कम्युनिस्टहरूले निराश हुने अबस्थाको अन्त्य भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी समाजवादी र श्रमिक जनता पार्टी बीचको हालैको एकताले कम्युष्निटहरुमा उत्साह पैदा भएको वताए । 

 

नेता विराटले नेपालमा दलाल पूँजीवादी संसदीय व्यवस्था असफल भएको दावी गर्दै त्यसको विकल्प बैज्ञानिक समाजबादी व्यवस्था मात्र हुने र त्यसमा सहमत सबै कम्युनिष्ट र क्रान्तिकारीहरु बीच एकताको आधार पनि तयार बन्ने ठोकुवा गरे ।

 

बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युरो इन्चार्ज विबेक सीले पार्टी एकताको भावलाई जनता सम्म लिन निर्देशन दिए । वैठकमा पार्टी केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवान सी, पार्टी सल्लाहकार समिति सदस्य चन्चल सी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युरो संयोजक तुलराज सी लगायतका अतिथिहरूको उपस्थिति रहेको थियोे ।

 

केन्द्रीय प्रतिनिधि सदस्य तथा कालिकोट पार्टी सेक्रेटरी शाहसी सीको अध्यक्षतामा सम्पन्न वैठकले एकताको भाव जनता सम्म लिने,जनता संग प्रगाड सम्वन्ध बनेको पार्टी वनाउने लगायतका निर्णय गरेको नेकपा श्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।