६ जेष्ठ २०८१, आईतवार

मिटर व्याजी र राष्ट्रघाती विरुद्ध संघर्ष गर्ने नेकपा बाँकेको निर्णय

0

 

बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकले मिटर व्याजी र राष्ट्रघातीहरु विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । वुधवार वसेको जिल्ला समितिको वैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समितिको वैठकका निर्णयलाई सम्प्रेषण गर्न विहिवार नेपालगञ्ज उपमहानगरपालिका कमिटीको वैठक समेत सम्पन्न भएको छ । वैठकले जिल्ला समितिले गरेको निर्णयलाई जनता सम्म लागु गर्ने निर्णय गर्दै मिटर व्याजी र राष्ट्रघाती विरुद्ध संघर्ष गर्ने थप प्रतिवद्धता व्यक्त गरेको छ । 

यस्तै वैठकले एक महिने संगठन सुदृढ र विस्तार गर्ने देखि उत्पादनको कामलाई जोड दिने,जनश्रममा सहभागी हुने लगायतका निर्णय समेत गरेको नेकपा बाँकेले जनाएको छ । 

नगर कमिटी सेक्रेटरी साहिल सीको अध्यक्षतामा सम्पन्न वैठकमा जिल्ला ईन्चार्ज रणदिप सी, केन्द्रीय सदस्य सेखर सी, बैकल्पिक केन्द्रीय सदस्य नाराण सी र जिल्ला सेक्रेटरी कल्पना सी को आतिथ्यता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।