![](https://janapatrika.com/wp-content/uploads/2023/06/received_1927643174280126.jpeg)
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौं (K1) जिल्लाको पहिलो सम्मेलन सम्पन्न भएको छ ।
“शिक्षामा निजीकरणको अन्त्य र समाजवादी शिक्षा हाम्रो अभियान सुदृढ संगठन सशक्त विद्यार्थी आन्दोलनका लागि प्रथम जिल्ला सम्मेलन” भन्ने मूल नारासहित शुक्रबार बागबजारस्थित पद्मकन्या क्याम्पसमा भएको सम्मेलनले हस्त सीको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश सीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता हस्त सीले गरेका थिए । विशिष्ट अतिथिहरुमा पार्टीका k1 जिल्ला इन्चार्ज सुरेन्द्र सी त्यसैगरी अतिथिहरुमा संगठनका सचिव प्रकाश सी, संगठनका केन्द्रीय सचिवालय सदस्यहरू अटल सी, तारा सी, अनिल सी लगायत विद्यार्थी नेताहरुको सहभागिता थियो ।
सम्मेलनबाट अध्यक्षमा हस्त सी निर्वाचित भएका छन् । नवनिर्वाचित जिल्लाको कार्यसमितिहरुमा
अध्यक्षमा : हस्त सी
उपाध्यक्ष : मनिषा सी
सचीव : नविन सी
सह-सचिव : ललित सी
कोषाध्यक्ष : चेतन सी
सदस्यहरुमा –
चेतन सी, अर्पण सी, सुवास सी, अञ्जली सी, शेर सी, आजाद सी, दिवाकर सी, लेखराज सी, नहकुल सी, रामचन्द्र सी, आरती सी, विशाल सी, जोत्सिखा सी, लक्ष्मी सी, मनीषा सी, रोहित सी, सुजिता सी, देवीका सी, बेकलाम सी, हर्क सी रहेका छन् ।