२१ बैशाख २०८१, शुक्रबार

अखिल (क्रान्तिकारी) राेल्पाले संगठन विस्तार अभियानलाई तीव्रता दिदै

0

राेल्पा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) पूर्वी राेल्पाले संगठन विस्तार अभियानलाई तीव्रता दिदै आज राेल्बाङ माध्यमिक विद्यालय सुनछहरी-७,जेल्बाङमा मा.वि. स्तरकाे इकाई समिति गठन गरेकाे छ ।

उक्त संगठनका संयाेजक सिस्ने जलजलाका अनुसार नवीना बुढा मगरको अध्यक्षतामा ३६ सदस्यीय मूल इकाई समिति गठन गरिएकाे हाे । समितिकाे अन्य पदाधिकारीहरूमा उपाध्यक्ष विनोद विश्वकर्मा, सचिव निर्मला रामजाली, काेषाध्यक्षमा प्रतिभा रामजाली र सहसचिवमा मनिषा पुन मगर चयन भएकाे अभियानमा सहभागी मन मगरले जानकारी दिएका छन् ।

शहिद गाउँकाे नामले चिनिले जेल्बाङ गाउँमा अवस्थित राेल्बाङ माध्यमिक विद्यालय सुनछहरी गाउँपालिकाकाे एक मात्र सामुदायिक विद्यालयमा थप प्राविधिक विषय पढाई हुने विद्यालय हाे । यस विद्यालयमा हाल सिटिइभिटि अन्तरगत १८ महिने पशु विज्ञानकाे पढाई हुन्छ ।
१० वर्षकाे महान जनयुद्धमा यस जेल्बाङबाट नेपालकै बढी ७३ जना व्यक्तिहरूले बलिदान गरेकाे गाउँ हाे । यसर्थ अखिल (क्रान्तिकारी) काे यस संगठनले नेपालमा बाँकी रहेकाे क्रान्ति पूरा गर्ने कार्यभार पूरा गर्न महत्वपुर्ण भूमिका रहने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।