१२ बैशाख २०८१, बुधबार

शैक्षिक विकृति, विसङ्गतिको अन्त्यका लागि संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्छ : प्रकाश सी

0

काठमाडौं: अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले शिक्षामा भएका विकृति, विसङ्गतिहरुको अन्त्यका लागि संगठनले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजितअखिल (क्रान्तिकारी) काठमाडौं (k1) जिल्लाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले विद्यार्थी हकहितका लागि सदैव अखिल (क्रान्तिकारी) नेतृत्वदायी भूमिका रहने बताए ।

अध्यक्ष प्रकाशले आज देशमा आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बञ्चित हुनुपर्ने स्थिति रहेको बताए । मूल कानुन संविधानमा नै शिक्षा र स्वास्थ्य जस्ता विषय निःशुल्क व्यवस्था गरिएको भएपनि राज्य बेखबर हुँदा यिनै क्षेत्रमा ठूलो व्यापारीकरण भएको उनको भनाइ छ । ‘हाम्रो देशमा रहेको दुईखाले विभेदकारी शिक्षा प्रणालीको विरुद्ध अखिल (क्रान्तिकारी) ले निरन्तर खबरदारी गर्नुपर्छ, अध्यक्ष प्रकाश सी भने ।
सरकारी स्तरबाट सञ्चालित विद्यालयहरूमा राज्यको गैरजिम्मेवारीकै कारण विद्यार्थीलाई प्राविधिकदेखि अन्य गुणस्तरीय शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि आगामी दिनमा अखिल (क्रान्तिकारी) को अहम भूमिका निभाउनु पर्नेमा उनको जोड थियो ।

अध्यक्ष प्रकाशले भने,“ देशको भूभाग मिचिदा पनि राष्ट्रप्रति जिम्मेवारी प्रकट नगर्ने युवा जमातलाई देशको राष्ट्रियताको संरक्षण र नेपाली इतिहासप्रति सजकता पैदा गरी राष्ट्रियताको रक्षा र जनताको समस्या समाधानका लागि संसदीय व्यवस्था विरुद्ध संघर्षमा लाग्नु उद्देलित गर्ने अखिल (क्रान्तिकारी) को जिम्मेवारी हो ।”
केही मान्छेले भने यही व्यवस्था अहिलेको संकटको निकास नभई वैज्ञानिक समाजवाद मात्रै सबै कुराको हल भएको उनको जिकिर छ ।

उक्त सम्मेलनमा सहभागी अर्का वक्ता अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रकाश सीले अहिलेको राजनीतिक परिस्थिति युवा विद्यार्थीलाई गलत ढंगबाट बुझाइएको बताए । यथास्थितिलाई नै प्रसय गर्ने गरी सञ्चालित अहिलेको सामाजिक, राजनीतिक अवस्थालाई क्रान्तिकारी आन्दोलनसंग जोड्नु वर्तमान आवश्यकता रहेको उनको भनाइ थियो । विद्यमान रहेको शिक्षा प्रणालीमा विश्वमा आएको फेरबदलसँगै प्रतिस्पर्धात्मक आधुनिक र प्रविधि मैत्री शिक्षा उपलब्ध नहुँदा नेपाली युवा विद्यार्थीले विदेशको सपना देख्नुपर्ने अहिलेको विडम्बना रहेको सचिव उनले बताए । शैक्षिक क्षेत्रमा नयाँ ढंगले बढ्दै गएका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न संगठनले पहलकदमी लिने विद्यार्थी नेता प्रकाशकाे भनाइ छ ।

समान शिक्षा प्रणालीको स्थापना र शैक्षिक गुणस्तर सुधारको लागि सदैव प्रतिबद्ध भई काम गर्ने सम्मेलनबाट निर्वाचित काठमाडौं k1 जिल्लाका अध्यक्ष हस्त सीले प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।