१५ बैशाख २०८१, शनिबार

उत्पादनमा जोडिदै अब जिल्ला पार्टीलाई आत्मनिर्भर बनाउछौं : नेता जागृति

0

 

प्यूठान् । नेपाल कम्यूनिष्ट पार्टी का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सी ले जिल्ला पार्टीलाई उत्पादनमा जोड्दै आत्मनिर्भर बनाउने बताएका छन्। शुक्रबार प्यूठान नगरपालिका स्थित झिमरुक फाँटमा करिब १८ रोपनी खेत लिजमा लिई धान रोप्नेक्रममा कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

काम नगर्ने खाली उद्योगी, व्यवसायी संग जवरजस्ती चन्दा उठाउदै खाने गरेको भन्ने नेकपा मसाल र उनका कार्यकर्ताद्वारा नेकपाका नेता तथा कार्यकर्ता माथी विगत लामो समय देखी लगातार आरोप लाग्ने गरेको बताउदै नेता जागृतिले अव आफ्नो पार्टीका नेता कार्यकर्ताहरु उत्पादनमा जोडिदै जिल्ला पार्टीलाई आत्मनिर्भर बनाउने अभियानमा लागेको बताए । 

प्युठान नगरपालिका स्थित रातामाटा निवासी दुर्गा थापा मगरको १८ रोपनी खेत लिजमा लिई जिल्ला पार्टी प्रत्यक्ष उत्पादनमा जोडिएको उनले बताए ।

करिब ८ रोपनी खेतमा आज र भोली रोपाई गर्ने र बाँकी १० रोपनीमा केही समयपछि रोप्ने नेकपा प्यूठानका निबर्तमान सेक्रेटरी केशब सी ले जानकारी दिए । गत वर्ष माण्डवी गाँउपालिका स्थित उदयपुरकोट दरवार क्षेत्रमा एक हजार फलफुलका विरुवा लगाएको नेकपा प्युठानले यस वर्ष भने जग्गा लिजमा लिई धान रोपाई गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।