१२ श्रावण २०८१, शनिबार

पत्रकार महासंघ रोल्पा शाखाले सदस्यता नविकरणमा मापदण्ड पालना गरेन

0

रोल्पा/ नेपाल पत्रकार महासंघ रोल्पा शाखाले मापदण्ड अनुसार सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको सिफारिस नगरि पक्षपातपुर्ण ब्यवहार गरेको बताइएको छ।जनपत्रकार संगठन नेपाल रोल्पाका अध्यक्ष हर्क घर्ती र प्रेस चौतारी नेपाल रोल्पाका अध्यक्ष तिलक घर्तीले सोमबार एक संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै रोल्पा शाखाले मापदण्ड अनुसार काम नगरेको बताएका हुन।

संयुक्त बिज्ञप्तीमा शुद्धिकरणका नाममा केही व्यक्तिहरु नवीकरणको लागि मापदण्ड विपरीत हुँदा पनि नवीकरण गरेको र केहीको मापदण्ड पुगेको पनि नवीकरण नगरिदिएको साथै नयाँ सदस्यता सिफारिसमा समेत उचित निर्णय नगरिएकाले छलफल गरि समस्या समाधान हुनुपर्ने अन्यथा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानमा हाम्रो सङगठन प्रेस चौतारी नेपाल, जिल्ला शाखा रोल्पा र जनपत्रकार संगठन नेपाल, रोल्पाको ऐक्यबद्धता रहेको कुरा अवगत गराउँदछौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाले सदस्यता नवीकरण र नयाँ सदस्यताका लागि गरेको सिफारिसमा केही त्रुटी रहेको हामी दुई संगठनको ठहर छ । शुद्धिकरणका नाममा केही व्यक्तिहरु नवीकरणको लागि मापदण्ड विपरीत हुँदा पनि नवीकरण गरेको र केहीको मापदण्ड पुगेको पनि नवीकरण नगरिदिएको साथै नयाँ सदस्यता सिफारिसमा समेत उचित निर्णय नगरिएका गुणासोहरू छरपस्ट आइरहेको सन्दर्भमा हाम्रो संगठन प्रेस चौतारी नेपाल, जिल्ला शाखा, रोल्पा र जनपत्रकार संगठन नेपाल, रोल्पाको ध्यानाकर्षण भएको छ । यस विषयमा थप छलफलको वातावरण तयार गर्न नेपाल पत्रकार महासंघ, जिल्ला शाखा रोल्पासँग जोडदार माग गर्दछौं । अन्यथा चरणबद्ध आन्दोलन गर्ने र उक्त आन्दोलनबाट सृजना हुने परिस्थितिको जिम्मेवारी सम्बन्धित निकाय हुनुपर्ने यसै वक्तव्य मार्फत जानकारी गराउँदछौं ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।