११ श्रावण २०८१, शनिबार

नेकपाद्वारा मिटर ब्याज नाईके मुनिर खानको घर कब्जा गरेको घोषणा

0

धनगढी /नेपाल कम्युनिष्ट पार्टी कैलालीले मिटर ब्याजका नाईके मुनिर खानको घर जग्गा कब्जा गरेको घोषणा गरेको छ । शनिबार कैलालीको धनगढी उपमहानगरपालीका वडा नम्बर १ पशुपती टोलमा रहेको शेख मुनिर खानको घर जग्गा कब्जा गरिएको जनाएको हो । नेपाल कम्युनिष्ट पार्टी कैलालीका ईन्चार्ज प्रकाश सी ले लामो समय देखि कैलालीका सर्बसाधारणलाई मीटर ब्याजमा फसाउदै घर न घाटको अवस्थामा पुर्‍याएका भन्ने मीटर ब्याज पीडितहरुको उजुरीको आधारमा खानको घरजग्गा कब्जामा लिएको जानकारी गराए ।

शनिबार नेपाल कम्युनिष्ट पार्टीले नारा जुलुश सहित ब्यानर र कालो झण्डा गाडेर खानको घर जग्गा कब्जा गरेको उनले जानकारी गराए । ईन्चार्ज मल्लले लामो समय देखि खानलाई सुध्रिने मौका दिदा पनि नसुध्रिएकाले घरजग्गा कब्जा गरिएको बताउदै अझै नसुध्रिएर जनतालाई दुख दिने काम गरे थप कारबाही गर्न बाध्य हुने जानकारी गराए ।

नेपाल कम्युनिष्ट पार्टीले मीटर ब्याज पीडित जनताको आग्रहमा र पार्टीको न्याय विभागमा आएको उजुरीको आधारमा खानको घर कब्जामा लिएको ईन्चार्ज प्रकाश सिले जानकारी गराए । सयौं जनतालाई घरवारविहीन बनाएर कयौंलाई आत्महत्या गर्न बाध्य पार्ने तथा कयौंलाई बेपत्ता हुन बाध्य बनाउने कुख्यात मिटरव्याजी शेख मुनिर अहमदको घर जनताको आग्रह र सहभागितामा जननियन्त्रणमा लिइएको जानकारी गराउदै उनले कुख्यात अपराधी खानको अन्य चल–अचल सम्पत्तिको सूचना पाउने बित्तिकै जफन गरिने बताए । उनले कब्जा गरिएको उक्त सम्पत्तिको स्वामित्व पनि पीडित जनतामै रहने जानकारी गराए ।

धनगढीको पार्क मोेडबाट नारा जुलुश सहित गएको टोलीले मिटर ब्याजका नाईके खानको घरजग्गा ब्यानर टाँसेर कब्जा गरेपछि स्थानीय समेत खुसी भएका छन । ब्यानर टास्दै गर्दा आएका स्थानीयले खुसी ब्यक्त गर्दै घरमा आगो लगाउने समेतको आक्रोस पोखेका थिए । नेपाल कम्युनिष्ट पार्टीले मीटर ब्याजका नाईके मुनिर खानको घर कब्जा गरेपछि खुसी भएका उनीहरुले आफ्नो परिचय भने खुलाउन चाहेनन । राम्रो काम गनु भयो , यसले टोलमा पनि सबैलाई सताएको छ नाम नबताउने शर्तमा एक जना मुस्लिम महिलाले बताईन । नाम भनेपछि मुद्धा हालेर सताउन सक्ने बताउदै उनले भिडोयोमा अनुहार समेत देखाउन चाहेनन । त्यसैगरी अर्का एक जना स्थानीयले पनि खानलाई भौतीक कारबाही गरे पनि कमै हुने बताउदै नेपाल कम्युनिष्ट पार्टीले उदाहरणीय काम गरेको बताए ।

लामो समय देखि कैलालीका सर्बसाधारण नागरिकहरुको जमिन पास बन्दकीको नाममा कब्जा गर्दै आएका खानको घर जग्गा कब्जा गरिए पछि खुसी भएका स्थानीयले खानको विरुद्ध आक्रोश पोखे पनि डर र त्रासका कारण परिचय खुलाउन चाहेनन । पार्क मेडबाट सुरु भएको जुलुशमा मिटर ब्याजीलाई कारबाही गरौ, मुनीर खानलाई फासी दिऔ, लघुवित्त र वित्तीय संस्थाहरुको ज्यादती बन्द गरौ, बैज्ञानीक समाजबादी ब्याबश्थाका लागि संघर्ष गरौ, एकीकृत जनक्रान्ती जीन्दाबाद जस्ता नाराहरु लगाईएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।