१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय स्वाधीनताका लागि सुर्खेतमा हस्ताक्षर सङ्कलन अभियान

0

सुर्खेत। राष्ट्रिय स्वाधीनताका लागि सुर्खेतमा हस्ताक्षर संकलन अभियान सुरु भएकाे छ। शनिबार नेपाल कम्युनिस्ट पार्टी निकट जनवर्गीय संगठन युवा संगठन नेपाल सुर्खेतले राष्ट्रिय स्वाधीनताका लागि जिल्लामा हस्ताक्षर सङ्कलन अभियान सुरु गरेको हो।

एमसिसि सम्झौता खारेज गर्न र देशलाई मुक्त गर्न,नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको हुँदा उक्त नक्सा खारेजीका लागी,
महंगी, भ्रष्टचार, कमिसन, लघुबित्त र मिटरब्याजी हरूको ज्यादतीका बिरुद्ध अभियान सुरु गरिएको हो।

युवा संगठन नेपालको केन्द्रिय कमिटिको छैटौँ पुर्ण वैठकको निर्णय कार्यान्वयन गर्न सो काम गरिएको बताइएको छ।

राष्ट्रिय स्वाधीनताका लागि हस्ताक्षर अभियान कार्यक्रम कर्णाली मुक्ति मोर्चा नेपाल का संयोजक विराट सीले हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गरेको युवा संगठन सुर्खेले जनाएको छ।कार्यक्रम असार २/देखि ८ गते सम्म चल्ने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।