११ श्रावण २०८१, शनिबार

उपत्यका ब्युरोद्वारा आयोजित चार दिने स्कुलिङ कार्यक्रम सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले आयोजना गरेको चार दिने स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । पार्टीको उपत्यका व्युरो कार्यालयमा बुधबारदेखि सुरु भएको स्कुलिङ कार्यक्रम शनिबार बेलुका एक कार्यक्रमका बिच समापन छ ।

स्कुलिङमा नेकपा स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग इन्चार्ज भरत सी, नेकपा पोलिट ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सी, नेकपा केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य प्रयास सी र केन्द्रीय सदस्य विपिन सीले स्कुलमा सहभागी प्रशिक्षार्थीहरुलाई पढाएका थिए । स्कुलिङमा सहभागी प्रशिक्षार्थीहरुले स्कुलिङले आफ्नो वैचारिक स्तर बढेको प्रतिक्रिया दिएका थिए ।

समापन कार्यक्रममा अनुभूतिजन्य मन्तव्य राख्दै स्कुलिङमा सहभागी महेश सीले आफै अध्ययन गरेर बर्षसम्म नपाईने ज्ञान स्कुलिङले दिएको बताएका थिए । उनले वैचारिक रुपमा खारिएका प्रशिक्षकले पढाउँदा आफूलाई उत्साहित बनाएको बताए । स्कुलिङमा सहभागी श्री सीले स्कुलिङले आफूलाई सन्जिवनी बुटि दिएको बताए । ‘हामीहरु मध्ये केही पहिलो पटक यस्तो खालको स्कुलमा सहभागी भएका हौं । धेरैजना दोश्रो पटक र कोही त पटक पटक सहभागी हुनुभएको छ ।’, अनुभूतिजन्य मन्तव्य राख्दै उनले भने, ‘म पहिलो पटक सहभागी भएको हुँ । यो स्कुलले मलाई सन्जिवनी बुटि दिएको अनुभव गरेको छु ।’

अर्का सहभागी सन्तोषी सीले स्कुलिङले वैचारिक स्तर बढाएको बताइन् । समापन कार्यक्रममा अनुभूतिजन्य मन्तव्य राख्दै उनले भनिन्, ‘स्कुलिङले हामी सबैको वैचारिक स्तर बढाएको छ । यसलाई तल्ला कमिटीसम्म लिएर सबैलाई प्रशिक्षित गर्न पर्ने छ ।’ कार्यक्रममा पूर्ण सी र सरल सीले पनि आफूले हासिल गरेको ज्ञानले दलाल संसदीय व्यवस्थाका विरुद्धमा संघर्ष गर्न हौसला प्रदान गर्ने बताएका थिए ।

समापन कार्यक्रमको अध्यक्षता नेकपा पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले गरेका थिए भने नेकपा स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोलिट व्युुरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सी, केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य प्रयास सीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भृकुटी सीले गरेकी थिइन् ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।