१२ श्रावण २०८१, शनिबार

जातीय विभेद हटाउन ‘सी’ जाति निमार्णको बहस सकरात्मक छ: सरोकारवालाहरु

0

बाँके । नेपालमा जातीय विभेद हटाउने एउटा उपायको रुपमा ‘सी’ जातिको वहस सकरात्मक भएको एक कार्यक्रमका वक्ताहरुले वताएका छन । नेपाल कम्युनिष्ट पार्टी निकट श्रमिक समूदाय मोर्चा नेपालले शनिवार नेपालगञ्जमा आयोजना गरेको “परिवर्तित सन्र्दभमा श्रमिक समूदायको अवस्था र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन । 

वक्ताहरुले जसले समाजलाई विभिन्न वस्तु बनाएर आत्मनिर्भर बनाउने कडा श्रम गर्छ उसै मान्छेलाई विभेद गर्ने प्रचलन गरिनु दुखद भएको वताएका छन ।

कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य नरेश शाहीले जातीय उत्पीडनको अन्त्यको उपाय सवै कम्युनिष्ट तथा मानब जातिहरुले ‘सी’ जातिलाई विस्तार गर्नु अहिलेको सान्दर्भिकता भएको वताए ।

नेकपाका केन्द्रीय सदस्य संगम सीले विगतमा पेशा र सीपको आधारले विभिन्न जात जातिहरुको विभाजन गरीएको र विभिन्न सीप भएका श्रमका खानी व्यक्तिहरुलाई ‘शुद्र र दलित’ भन्ने शव्द प्रयोग गरिएको वताए । 

नेता संगमले अब दलित शव्दको ठाउँमा श्रमिक समूदाय भनिनुपर्ने नेकपाले निर्णय गरेको वताउर्दै समग्र सबैका लागि नयाँ ‘सी’ जातिको निमार्ण गरेर जातीय विभेद हटाउनु पर्ने तर्क गरे ।

कार्यक्रममा दलित अगुवा तथा महिला नेतृ संतोशी विकले परिवर्तित सन्र्दभमा श्रमिक समूदायको अवस्था र दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै सिंगो दलितहरु एकहुनु पर्ने वताईन । उनले अव दलित शव्दको सट्टा श्रमिक समूदाय भन्नुपर्ने भन्दै ‘सी’ जाति वनाएर जातीय समस्या समाधान तिर जानुपर्ने विचार राखिन । 

नेकपा एमालेका नेता कृष्ण वहादुर थापाले परिवर्तनको पक्षमा सवै जना लाग्नु पर्ने वताउदै सिद्धान्त अनुसारको व्यवहार गर्नुपर्ने सुझाव दिए । उनले सिद्धान्तमा सी जाति निमार्ण गर्ने कुरा आफैमा सकरात्मक भएपनि राम्रो सुगा जस्तो हुनुपर्ने वताए ।

कार्यक्रममा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य नरवहादुर परियार र अखिल नेपाल ट्रेडयुनियन महासंघका लुम्विनी प्रदेश अध्यक्ष वसन्त मल्लले कार्यपत्र उच्च चेतना र सभ्य समाज निमार्ण गर्ने दिशाबाट आएको र सकरात्मक भएको वताए । उनीहरुले जातीय विभेदको पूर्ण रुपमा अन्त्य गर्ने उपाय भनेको नयाँ जाति निमार्ण पनि एक विकल्प हुन सक्ने धारणा राखे ।

 कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु,वौद्धिक व्यक्तित्व, पत्रकार,राजनैतिक दलका प्रतिनिधि लगायतका विभिन्न क्षेत्रका सरोकारवालाहरुको उल्लेखिय सहभागिता रहेको थियो । 

दलित तथा महिला अगुवा नेतृ संतोशी सीको अध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन नेकपा बाँके जिल्ला इन्चार्ज रणदिप सीेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।