११ श्रावण २०८१, शनिबार

काममा परिणाम आउनु नै स्कुलको सफलता हो : ध्रुब सी

0

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख ध्रुव सीले फिल्डमा काम गरेर परिणाम निकाल्नु नै स्कुलिङको सफलता भएको बताएका छन् । नेकपा उपत्यका व्युरोले आयोजना गरेको स्कुलिङ कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले फिल्डबाट परिणाम आउँदा स्कुलिङको सफलता हुने बताएका हुन् ।

प्रशिक्षार्थीेको जिज्ञासाको जवाफ दिदै उनले यसको मापन फिल्डमा हुने बताए । स्वअध्ययनलाई पनि जोड्न सुझाव दिदै उनले यसले नै वैचारिक स्तर बढाउने बताए । नेकपाले विचारमा नयाँ विकास गरेको, सामाजिक संस्कारमा पनि नयाँ ल्याएको, छुट्टै जाति निर्माण गरेर युगान्तकारी निर्णय गरेको उनको भनाई थियो । ‘हामीले मृत्यु संस्कार नयाँ तरिकाले सुरु गरेका छौं, जन्मसंस्कारमा नयाँ गरेका छौं । जनवादी विवाहको सस्कार त पहिल्यौं थियो ।’, उनले भने, ‘सी जातिको निर्माण गर्ने निर्णय युगान्तकारी निर्णय हो ।’

कुनै पनि बस्तुलाई रक्षा गर्नका लागि त्यसलाई झन् विकास गर्नुपर्ने भन्दै विचारमा विकास गर्न जोड दिए । स्कुलिङ पार्टीको उपत्यका व्युरो कार्यलयमा बुधबारदेखि चलेको थियो । स्कुलिङको समापन कार्यक्रमको अध्यक्षता नेकपा पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीले गरेका थिए भने नेकपा स्थायी समिति सदस्य भरत सीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पोलिट व्युुरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सी, केन्द्रीय सदस्य तथा स्कुलिङ विभाग सदस्य प्रयास सीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन भृकुटी सीले गरेकी थिइन् ।    


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।