१२ श्रावण २०८१, शनिबार

एमसीसी खारेजको माग गर्दै युवा संगठनले चलायो हस्ताक्षर अभियान

५ हजार युवाले गरे एकै दिन हस्ताक्षर

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले एम सी सी खारेजको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेको छ । शनिबार दिउसो काठमाडौंको गंगबुबाट संगठनका अध्यक्ष पाटन सीले हस्ताक्षर अभियानको सुरुवात गरेका हुन् ।

संगठनको उपत्यका व्युरोले आयोजना गरेको हस्तक्षर कार्यक्रममा ५ हजार बढी युवाहरुले हस्ताक्षर गरेको व्युरोले जनाएको छ । उपत्यका व्युरोले राष्ट्रिय स्वाधिनताका लागि हस्ताक्षर अभियान सुरु भएको युवा संगठनका उपत्यका व्युरा इन्चार्ज अनिल सीले बताए ।

एमसीसी सम्झौता खारेज गर्न र देशलाई मुक्त गर्न, नेपालको लुम्बिनी क्षेत्र समेटी भारतीय साम्राज्यवादले कथित सांस्कृतिक नक्सा प्रकाशन गरेको नक्सा खारेजीका लागि, मंहगी, भ्रष्टाचार, कमिसन, लघुवीत्त र मिटर व्याजीको ज्यादतिका विरुद्ध हस्ताक्षर अभियान सुरु गरिएको उनको भनाई ।

युवा संगठनको केन्द्रीय नीति अनुसार उपत्यका ब्युरोले हस्ताक्षर अभियान सुरु गरिएको हो । यो अभियान देशभर चलिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।